२०८३, आश्विन १९ गते

images

बैंकिङ प्रणालीमा अधिक तरलता, थप ३० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता, थप ३० अर्ब खिच्दै राष्ट्र बैंक

सोमवार, आश्विन १२ २०८३१०:४१
सोमवार, आश्विन १२ २०८३१०:४१
  • images

    काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले फेरि ३० अर्ब रुपैयाँ तान्ने भएको छ । यसअघि साउन १३ गते ६१ दिनका लागि प्रणालीबाट खिचिएको ३० अर्ब रुपैयाँको निक्षेप आज परिपक्व हुँदै गर्दा केन्द्रीय बैंकले त्यसको सट्टामा अर्को एकमहिने निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ उठाउन लागेको हो।

    राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले असोज १२ गते ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणका लागि बोलकबोल आह्वान गरेको छ। बोलकबोल दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत हुनेछ। सोही दिन उपकरण निष्कासन हुनेछ भने साँवा तथा ब्याज भुक्तानी कात्तिक ११ गते गरिनेछ।

    निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। राष्ट्र बैंकले आह्वान गरेको रकमभन्दा बढी बोल परेमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकता दिँदै रकम बाँडफाँट गरिनेछ। एउटै ब्याजदरमा परेको बोलको रकम कुल निष्कासन रकमभन्दा बढी भएमा समानुपातिक अर्थात् ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिनेछ।

    यस उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोड रुपैयाँकै दरले बढाउँदै बोल गर्नुपर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend