२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, आश्विन १४ २०८३११:४४
बुधवार, आश्विन १४ २०८३११:४४
  • images

    काठमाडौँ । पछिल्लो केही दिन यता निरन्तर घटेको सुनचाँदीको मूल्य बुधबार भने बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो।

    महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend