२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • समस्याग्रस्त सहकारीका बचतकर्ताले फिर्ता पाए १...

समस्याग्रस्त सहकारीका बचतकर्ताले फिर्ता पाए १ अर्ब ५१ करोड

समस्याग्रस्त सहकारीका बचतकर्ताले फिर्ता पाए १ अर्ब ५१ करोड

मंगलवार, कार्तिक १३ २०८१०८:०२
मंगलवार, कार्तिक १३ २०८१०८:०२
  • images

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ हजार ५९३ बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रुपैयाँ बचत फिर्ता गरेको छ। मंगलबार आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले केही बचतकर्तालाई बचत फिर्ता गरेको बताएका हुन्। 

    ६२ हजार ७६० बचतकर्ताको ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपैयाँ माग दाबी परेकामा १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रुपैयाँ बचत फिर्ता भएको हो।

    फिर्ता रकममध्ये १ अर्ब ४८ करोड ५१ लाख ३७ हजार ७१५ रुपैयाँको हिसाब राफसाफ भएको हो। दाबीमध्ये थप ३ करोड १ लाख ९९ हजार रुपैयाँ पाएकाहरूको रकम आंशिक मात्रै भएको समितिले जनाएको छ।

    अहिलेसम्म तीन वटा सहकारीको राफसाफ भएको जनाएको छ। समितिले आव २०८१/८२ असार मसान्तसम्म थप ९ वटा सहकारी संस्थाको बचत फिर्ता तथा हिसाब राफसाफ गर्ने लक्ष्य रहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend