२०८३, आश्विन २१ गते

images
  • अटो
  • चौधरीको सीजी मोटर्सले नेपाल ल्याएका दुई...

चौधरीको सीजी मोटर्सले नेपाल ल्याएका दुई इभी ब्राण्डको उत्पादन बन्द, मारमा उपभोक्ता

चौधरीको सीजी मोटर्सले नेपाल ल्याएका दुई इभी ब्राण्डको उत्पादन बन्द, मारमा उपभोक्ता

सीएनएन खबर
आइतवार, मंसिर २ २०८१०३:१७
सीएनएन खबर
आइतवार, मंसिर २ २०८१०३:१७
  • images

    काठमाडौँ । चौधरी ग्रुप अन्तरगको सीजी मोटर्सले नेपालमा बिक्री वितरण गर्दै आएको २ विद्युतीय गाडीको उत्पादन नै बन्द भएको छ । सीजी मोर्टसले चीनबाट ल्याएका दुई विद्युतीय ब्राण्डका गाडी उत्पादक कम्पनीले आर्थिक समस्यालाई देखाउँदै गाडी उत्पादन नै बन्द गरेको पाइएको हो ।

    भविष्यको सवारी ‘न्यु इनर्जी’ भन्ने नाराका साथ चौधरी समूह विद्युतीय सवारी ब्रान्डसहित नेपाली अटोमोबाइल बजारमा प्रवेश गरेको छोटो समयमै १० भन्दा बढी ब्राण्डका गाडी बिक्रीको जिम्मा लिएको थियो । 

    चौधरी ग्रुप अन्तरगको सीजी मोटर्सले २०७९ को जेठमा नेटा भि ‘चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी’ होजोन अटो (होजोन अटो न्यू इनर्जी अटोमोबाइल कम्पनी लिमिटेड) को गाडी नेपाल भित्र्याएर औपचारिक रुपमा अटोमोबाइल बजारमा प्रवेश गरेको थियो । 

    छोटो समयमा नै चिनियाँ तथा भारतीय विभिन्न ब्राण्ड गरी १० भन्दा बढी ब्राण्डका विद्युतीय गाडीको आधिकारिक बितरकको जिम्मा पाएको सीजी मोर्टले नेपाल ल्याएको नेटा भि को उत्पादन बन्द भएको छ भने डायुन ब्राण्डका गाडी उत्पादक कम्पनी टाट उल्टीएको घोषणा गरेको छ । 

    चिनियाँ इभी ब्राण्ड होजोन अटोले आफ्ना उत्पादन बन्द गरेको छ । कम्पनीले नेटा ब्राण्डका ईभी उत्पादन गर्दै आएकोमा आर्थिक कठिनाईका कारण उत्पादन नै बन्द गर्न लागेको हो । 

    यस्तै, डायुन ब्राण्डका गाडी उत्पादन गर्दै आएको युआनहाङन समेत गम्भीर आर्थिक संटकमा परेको समाचार सार्वजनिक भएका छन् ।

    नेटा भी को उत्पादन बन्द, कामदारको तलब कटौती

    चिनियाँ विद्युतीय गाडी (ईभी) निर्माता नेटाले उत्पादन बन्द गरी कामदारको तलब कटौती गरेको समाचार सार्वजनिक भएको छ ।

    कारन्युज चाइना डकटकमले प्रकाशन गरेको उक्त समाचार अनुसार नेटा ब्रान्ड होजोन अटोले उत्पादन गर्दै आएको छ । गाडी बिक्री घटेपछि होजोनको झेइजियाङस्थित कारखानाबाट उत्पादन बन्द गरी कर्मचारीको तलब कटौती गएिको हो ।

    नेटा सन् २०१८ मा स्थापना भएको थियो । यो सुरुवातमा प्रमुख ईभी निर्माताभित्र पथ्र्यो । यसले सस्तो मूल्यका ईभी नेटा भी उत्पादन गर्दै आएको थियो । यही रणनीति अनुसार अगाडि बढेको नेटाले सन् २०२२ मा १ लाख ५० हजार युनिटत उत्पादन गरेर ली अटो, निओ र एक्सपेङ जस्ता ईभी निर्मातालाई उछिनेको थियो ।

    चीनको डुन्युजले नेटाको झेइजियाङको टोङजियाङस्थित कारखाना आधा महिनाका लागि बन्द गरिएको समाचार लेखेको छ । यो नेटाको मुख्य कारखाना हो, जसले वार्षिक २ लाख युनिट ईभी उत्पादन गर्छ । यसले मुख्यगरी नेटा एल क्रसओभर मोडेल उत्पादन गर्दै आएको छ ।

    यो वर्ष नेटाले कामदारको तलब कटौती गरेको छ । अक्टोबरमा नेटाका केही कामदारले अघिल्लो महिनाको तलब समयमै दिन कम्पनी असफल भएको दाबी गरेका थिए । नेटाका उच्च तहका कामदारको तलब अधिकतम ३० प्रतिशतसम्म कटौती गरिएको जनाइएको छ ।

    neta-v.jpg

    डायुनका उत्पादन बन्द 

    डायुन ब्राण्डका विद्युतीय गाडी उत्पादक चिनियाँ कम्पनी युआनहाङ गहिरो आर्थिक संकटमा फसेको छ । आर्थिक संकटमा परेपछि कम्पनीले समयमै कर्मचारीलाई तलब दिन नसक्दा धेरै कर्मचारीले जागिर छोडेको पाइएको छ । 

    कार न्युज चाइनाको रिपोर्ट अनुसार युआनहाङको रिसर्च एन्ड डिजाइन विभागमा काम गर्ने थोरै कर्मचारी मात्रै बाँकी छन्, बाँकीलाई बेतलबी बिदामा पठाइएको छ । आर्थिक अवस्था सुधार गर्न कम्पनीले सरकारी सहयोग र नयाँ लगानीकर्ताको खोजी गरिरहेको बताइएको छ ।

    डेयुनले भने युआनहाङलाई ‘बैंकरप्ट’ हुनबाट बचाउन प्रतिबद्ध रहेको जनाएको छ । सन् १९८७ मा स्थापना भएको डेयुनले ट्रक, मोटरसाइकल लगायतका सवारीका इन्जिन निर्माण गर्दै आएको छ ।

    सीजी मोर्टसले उक्त ब्राण्डका गाडी आयातका लागि गत बैशाखमा आधाकारिक विक्रेताको जिम्मेवारी पाएको थियो । बिक्रेताको जिम्मेवारी पाएको छोटो समयमै गाडी निर्माता कम्पनी नै संकटमा परेको हो । 

    डायुन ब्राण्डका गाडी खरिदका लागि बुक गरेका अधिकांश ग्राहकले बुकिङ रद्द गर्न थालेको पाइएको छ । कम्पनीले गत भदौमा पहिलो लट अन्तरगत २६ वटा गाडी भित्र्याएको पाइएको छ । 

    पहिलो लटमा उक्त गाडी आएपछि कम्पनीले एकैपटक तीन सय वटा कारको एलसी (लेटर अफ क्रेडिट) खोलेको पाइएको छ । पहिलो लटमा २ सय वटा कार अडर गरेकोमा २६ वटा नेपाल भित्रिएको र बाँकी १ सय ७४ वटा रसुवागढी भन्सारको पारितिर रहेको छ । गाडी निर्माता कम्पनी नै समस्यामा परेपछि नेपाली बजारमा भित्रिएका र भित्र्ने चरणमा रहेका उक्त गाडीको बिक्री नै अन्योलमा परेको छ । 

    नेटा भी मा किलोवाट घट्यो, घटेन उपभोक्ता मूल्य

    सीजि मोटर्सले ७० किलोवाट क्षमताको नेटा भी ५० किलोवाट क्षमतामा ल्याएको पाइएको छ । सुरुवाती चरणमा ७० किलोवाट क्षमतामा ल्याईएको उक्त गाडी सन् २०२३ पछि ५० किलोवाट क्षमतामा ल्याईएको पाइएको हो । 

    कम्पनीले प्रति गाडीमा २० किलोवाट कम भएपनि उपभोक्ता मूल्य भने नघटाएको पाइएको छ । सरकारी तथ्यांक अनुसार सन् २०२३ अगाडी भित्रिएको र २०२३ पछि भित्रिएको भिन्दा भिन्दै किलोवाट क्षमताको उक्त गाडीको मूल्य कम्पनीले ३८ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको हो । 

    मारमा उपभोक्ता

    नेटा इभी नेपाली बजारमा भित्रिएको झन्डै साढे २ वर्षको अबधिमा १५ सयभन्दा बढी गाडीहरु बिक्री भएको बताईएको छ । उक्त संख्याका गाडीहरु बजारमा रहेको समयमा उत्पादक कम्पनी नै बन्द भएपछि त्यसको मारमा उपभोक्ता पर्ने भएका छन् । 

    नयाँ गाडी खरिद गरेको करिब दुई वर्षसम्म खासै समस्या नआएपनि त्यसपछिका दिनमा नेटा भी खरिद गर्ने ग्राहकहरु समस्यामा पर्ने सुनिश्चित भएको छ । 

    उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना सरकारको नियमन कमजोर हुँदा उपभोक्ता मर्कामा पर्ने बताउँछन् । ‘अहिले सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गर्नुपर्छ भनेर जुन सहजता दिएको छ, त्यसको फाइदा गाडी बिक्रेता कम्पनीले पाएका छन्, तर सरकारी निकायबीच समन्वय नहुँदा त्यसको असर भयावह देखिन थाल्यो’, उनले भने । 

    उनले सरकारी निकाय जिम्मेवार नहुँदा उपभोक्ता बढिने बताए । उनले भने, ‘यो त्यो ब्राण्डभन्दा पनि सरकारले विद्युतीय गाडी आयात र त्यसको गुणस्तरको बिषयमा केही अध्ययन गर्ने सकेको छैन, बिना अध्ययन आयात गर्न दिदा त्यसको ठुलो असर निम्त्याउने देखिएको छ ।’

    सम्बन्धित समाचार :

    विद्युतीय गाडीको किलोवाट घटाएर कर छलीको धन्दा, अदालत पुग्यो विवाद

    एक महिनामै भित्रिए १२ सयबढी विद्युतीय गाडी, कुन देशबाट कति आयात ?

    एसपीजी अटोमोबाइल्सको ब्रह्मलुटः एउटै गाडीमा ३२ लाख नाफा

    ५ वर्षमा भित्रिए २१ हजारबढी विद्युतीय गाडी तर बढेन राजश्व

    नेपाली बजारमा विद्युतीय गाडीको बर्चस्व, तर जिम्मेवार छैनन व्यवसायी !

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend