२०८३, आश्विन २० गते

images
  • अटो
  • एसपीजी अटोमोबाइल्सको ब्रह्मलुटः एउटै गाडीमा ३२...

एसपीजी अटोमोबाइल्सको ब्रह्मलुटः एउटै गाडीमा ३२ लाख नाफा

एसपीजी अटोमोबाइल्सको ब्रह्मलुटः एउटै गाडीमा ३२ लाख नाफा

बिहिवार, भाद्र १३ २०८१०७:३१
बिहिवार, भाद्र १३ २०८१०७:३१
  • images

    काठमाडौँ । पछिल्लो समय विद्युतीय गाडीका नाममा विभिन्न ब्राण्डका गाडीहरु नेपाल भित्र्याउने होडबाजी नै चल्न थालेको छ । एकै कम्पनीले १५ ब्राण्ड सम्मका गाडीहरु नेपाल भित्र्याएर बिक्री वितरण गर्दै आएका छन् । 

    प्रतिस्पर्धात्मक रुपमा नेपाल भित्राईएको उक्त गाडीबाट सरकारसँगै उपभोक्ता समेत ठगिने क्रम बढ्दो रुपमा पाइएको छ । किलोबाट छलि गरेर राजश्व कम तिर्नेदेखि एउटै गाडीमा ३० देखि ३५ लाख रुपैयाँसम्म नाफा खाने गरेको प्रमाणहरु बाहिरिन थालेको छ । 

    सस्तो गाडी नेपाल भित्र्याएर उपभोक्तालाई ठग्ने मध्येमा पर्छ एसपीजी अटोमोबाइल्स । चिनमा निर्मित ओमोडा ब्राण्डका लागि नेपालको आधिकारिक बिक्रेता हो एसपीजी अटोमोबाइल्स । उक्त कम्पनीले हाल चेरीको सब ब्रान्डका रुपमा ‘जेको’ को ‘जे सिक्स’, र ओमोडा ई–५ बिक्री गर्दै आएको छ । 

    ओमोडा गाडीको आधिकारिक बिक्रेता एसपीजि अटोमोबाइल्स विवादीत व्यवसाय शारडा समूह अन्तरगतको हो । 

    मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२४ मा समेत कम्पनीले दुई मोडलका गाडी बिक्रीमा राखेको छ । नाटा अटो शोको उद्घाटनका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जे सिक्स मोडलका गाडी सार्वजनिक गरेका थिए । 

    नेपालमा पहिलो पटक सार्वजनिक भएको उक्ता गाडीको कम्पनीले ६६ लाख ९९ हजार रुपैयाँ मूल्य राख्दै बुकिङ खुला गरेको थियो । तर, एसपीजी अटोमोबाइल्सको पहिलो पटक नेपाल भित्र्याएको उक्त गाडीको चिनियाँ मूल्य भने १६ हजार ६ सय अमेरिकी डलर हाराहारी रहेको पाइएको छ । 

    नेपाली मूल्य अनुुसार २२ लाख रुपैयाँको हाराहारीमा पर्ने उक्त गाडी कम्पनीले ६६ लाख ९९ हजार अर्थात ६७ लाख रुपैयाँमा बुकिङ खुल्ला गर्याे । झन्डै तीन गुणाबढी मूल्य राखेर मूल्य सार्वजनिक भएसँगै गाडीका पारखिहरु तर्कन थालेका छन् । 

    चीनबाट नेपालमा सवारी आयात गर्ने एक अटो व्यवसायीका अनुसार चीनबाट नेपालसम्म गाडी ल्याउन कर, ढुवानी लगायतका सबै शुल्क जोड्दा अधिकतम ३० प्रतिशत रकम जोडिन सक्छ ।

    त्यसमा कानून अनुसार नाफा लिन पाइने २० प्रतिशत नै जोड्दा पनि कुल मूल्यमा थप ५० प्रतिशत मूल्य थपिने हो । यसरी ११ लाख २५ हजार रुपैँया थपिन्छ । त्यस अनुसार हेर्दा बुधबार सार्वजनिक ‘जेको जे–सिक्स’को मूल्य अधिकतम ३५ लाख रूपैयाँसम्म पर्ने देखिन्छ । तर, नाडा अटो शोमा विशेष सहुलियत मूल्य घोषणा गर्दा पनि कम्पनीले ६६ लाख ९९ हजार अर्थात् ३० लाख उच्च मूल्य राखेको छ ।

    नेपालमा कुल लगानी रकमबाट २० प्रतिशतभन्दा बढी नाफा लिनु कालो बजारी हो । कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ ले ‘कुनै पनि वस्तु तथा सामानको बिक्रीमा २० प्रतिशतभन्दा बढी नाफा लिनु कालोबजारी हो’ भन्छ ।

    यसको आधारमा ‘जेको’को नेपाली डिलरले सिधै कालो बजारी गरेको देखिन्छ । तर, नियामक निकाय मौन देखिन्छ यो ठगीमा ।

    ३२ लाखको अमोडा इ ५को मूल्य ६१ लाख

    कम्पनीले जे सिक्स को जस्तै अमोडा इ ५ को मूल्य समेत उच्च लिने गरेको  पाइएको छ । अटो शोमा राखिएको उक्त गाडीको मूल्य कम्पनीले ६१ लाख रुपैयाँ राखेको छ । 

    राजश्व लगायतका ढुवानी र प्रशासनिक खर्चसँगै उसले लिन पाउने वैध २० प्रतिशत नाफा समेत जोड्दा यो गाडीको अधिकतम मूल्य ३२ लाख पर्ने देखिन्छ । तर उसले आफ्नो आधिकारिक साइटमै गाडीको मूल्य ६१ लाख राखेको छ ।

    omoda e5.jpg
    अमोडा इ ५

    अमोडा इ ५ को चीनमा गाडीको अर्डरको संख्या अनुसार मूल्य तोकिएको छ । एक पटकमा एक देखि १५ वटा गाडीसम्म अर्डर गरेमा प्रतिगाडीको मूल्य १५ हजार अमेरिकी डलर ( करिब २० लाख रुपैयाँ) पर्ने देखियो । नेपाल भित्र्याउँदाको १० प्रतिशत भन्सार महसुल, १३ प्रतिशत भ्याटसहित उसको अन्य ढुवानी र प्रशासनिक खर्च जोड्दा पनि गाडीको मूल्य ६१ लाख पुग्दैन ।

    यसमा ५ प्रतिशत लागत, ढुवानी खर्च १० प्रतिशत, शो रुम सञ्चालन र जनशक्तिमा भएको खर्च ५ प्रतिशतसँगै कानुन अनुसार अधिकतम नाफा लिन मिल्ने २० प्रतिशत जोड्ने हो भने कुल ६३ प्रतिशत लागतमा जोडिने देखियो । यो गर्दा खरिदमुल्यमा थप १२ लाख रुपैँया थपिन्छ । 

    यी सबै जोड्दा अधिकतम मूल्य ३२ लाख हाराहारी हुने देखिन्छ । तर कम्पनीले ६१ लाख लिएर उपभोक्तासँग सिधै ३० लाख बढि रकम ठगी गरिरहेको देखिन्छ । भारतमा यही मोडलको कार २९ लाख ८८ हजार (४७ लाख ४९ हजार) मा पाइन्छ। यही कम्पनीले निसानको विद्युतीय गाडी लिफ समेत विक्री गर्ने गरेको छ।अर्को ब्रान्ड जेको सिक्स समेत नेपालमा भित्र्याउने तयारीमा छ शारडाका सहायक कम्पनीहरु ।

    ५ वर्षमा भित्रिए २१ हजारबढी विद्युतीय गाडी तर बढेन राजश्व

    नेपाली बजारमा विद्युतीय गाडीको बर्चस्व, तर जिम्मेवार छैनन व्यवसायी ! 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend