२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई...

चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन

चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन

बुधवार, मंसिर ५ २०८१०५:४२
बुधवार, मंसिर ५ २०८१०५:४२
  • images

    काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीहरुलाई २४ घण्टाभित्र हवाइ भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् । 

    हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको सरोकारवाला वायु सेवा कम्पनीहरुलाई उच्चतमूल्यको भाडा लिएको भन्दै त्यसबारे पूर्नविचार गर्न निर्देशन दिएका हुन् ।

    ‘हामीले नागरिकहरुकै सेवा भनेर हवाइ कम्पनीहरुलाई सहुलियत दिएका थियौं । तर त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ’, उनले भने ‘नागरिकमाथी प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापारजस्तो गर्नुभएको छ । यस विषयले म निकै दुखी भएको छु ।’

    यसअघि हवाई सेवा कम्पनीहरुले नियामक निकायसँगको छलफलमा हाडा नियन्त्रणका लागि पाँच बुँदे सहमती गरिएको भएपनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोस व्यक्त गरे । हवाई भाडाबृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरिएको स्मरण गराउदै उनले राज्य र नागकिरप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह गरे ।

    badri pandey.jpg

    मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलेसमेत अचाक्ली हवाईभाडा लिएकोप्रति सचेत गराए । नागरिकहरुले हवाईभाडाबृद्धिबारे गरेको गुनासोले आफूलाई बढी चिन्तित तुल्याएको बताउदै २४ घण्टाभित्र बिक्रि गरेको टिकटको मूल्य बिहिबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
    पर्यटनमन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडाबृद्धिबारे पुर्नविचार नगरे सरकारले कडा कदम चाल्ने स्पष्ट पारे ।

    मन्त्रालयका सचिव डा गणेश पाण्डेयले सम्झौता अनुसार एयरलाइन्सले किन अटेर गरेको भन्दै प्रश्न गरे । ‘आफूले गरेको निर्णय आफै लागू गर्नेकी नियमन गर्न कठोर बन्नुपर्ने हो । सम्झौता किन लागू नगरेको । तपाँइहरुले यदि निर्णय कार्यान्वयनमा अटेर गर्नुभयो भने सेवा दिन आउने नयाँ हवाई कम्पनीका लागि सूचना आव्हान गर्न सकिन्छ’, उनले भने ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाईभाडा नियन्त्रण सम्बन्धी पाँच बुदे सहमति कार्यान्वयन नगरेको र हवाई टिकटमा कृतिम अभाव देखाउदैँ कालो बजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने अठोट व्यक्त गरे ।

    छलफलमा सहभागी एयरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्यतथ्य जानकारी दिन आनाकानी गरेका थिए । एयरलाइन्सले चार गुणा बढी भाडा लिएको भन्दै आलोचना भएको थियो । छलफलमा नेपालमा सेवा दिदैँ आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend