२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • परिवर्त्य विदेशी मुद्रामा सूचीकृत भयो ओमानी...

परिवर्त्य विदेशी मुद्रामा सूचीकृत भयो ओमानी रियाल

परिवर्त्य विदेशी मुद्रामा सूचीकृत भयो ओमानी रियाल

शुक्रवार, मंसिर ७ २०८११०:३२
शुक्रवार, मंसिर ७ २०८११०:३२
  • images

    काठमाडौं ।  ओमानी रियाल (ओएमआर) परिवर्त्य विदेशी मुद्राको रूपमा सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले उक्त मुद्राको कारोबार तथा विनिमय गर्न पाउने गरी सूचीकृत गरेको हो ।

    नेपालको एउटा प्रमुख श्रम गन्तव्यमध्ये एउटा हो । तर, यो सूचीमा सूचीकृत नहुँदा विदेशी विनिमय इजाजतपत्र संस्थाले कारोबार गर्न पाएको थिएन । साथै दैनिक रूपमा विनिमयदर प्रकाशित समेत हुने गरेको थिएन ।

    अब भने यो मुद्राको सटही वैध भएको छ । ओमान जानेले ओएमआर साटेर लैजान तथा त्यहाँबाट आउनेले सोही मुद्रा लिएर आएर यहाँ साट्न सक्नेछन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend