२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियाः अधिकारी...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियाः अधिकारी र कार्कीले मात्र दिए अन्तरवार्ता, चापागाईंको मोबाइल स्वीच अफ

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियाः अधिकारी र कार्कीले मात्र दिए अन्तरवार्ता, चापागाईंको मोबाइल स्वीच अफ

आइतवार, मंसिर ९ २०८११०:५५
आइतवार, मंसिर ९ २०८११०:५५
  • images

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका आकांक्षी डा. नवराज अधिकारी र कृष्णबहादुर कार्की अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागी भएका छन् । आइतबार अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागी भएर अर्थ मन्त्रालयबाट बाहिरिएका छन् । अर्का आकांक्षी चिरञ्जिबी चापागाईं भने सहभागी भएनन् ।

    ‘सर्टलिस्ट’मा परेका पाँचजनामध्ये चापागाईं, कार्की र अधिकारी पहिलोपटक अन्तर्वार्ता तथा सहभागी नभएका बोर्ड अध्यक्षका उमेदवार हुन् । अध्यक्ष सिफारिस समितिले पहिलोपटक सर्टलिस्टमा परेकालाई असार २ गते अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाएको थियो ।

    पाँचजनामध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ असार २ गते नै अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा सहभागी भए । त्यसपछि बोलाउँदा तीनजना सहभागी भएका थिएनन् ।

    अध्यक्षका आकांक्षी चापागाईं फोन अफ गरेर बसेका छन् । उनलाई केही समय पर्खने सिफारिस समितिले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend