२०८३, आश्विन १९ गते

images

सरकार बीआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा छः सञ्चारमन्त्री

सरकार बीआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा छः सञ्चारमन्त्री

मंगलवार, मंसिर ११ २०८१०२:३५
मंगलवार, मंसिर ११ २०८१०२:३५
  • images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटभ (बीआरआई) अन्तर्गत सरकारले ऋण नलिने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्न सक्ने उनले बताए ।

    धुलिखेलमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले भने, 'बीआरआई लागू गर्ने वा नगर्ने बारे दुई कोणबाट विचार आइरहेको छ, तर सरकार बीआरआई सम्झौता गरिहल्नुपर्छ, भन्नेमा छैन, एमओयू गरेकाले कार्यान्वयन गर्नुपर्छ ।' उनले सरकारको नीति जहाँबाट पायो त्यहाँबाट ऋण लिने पक्षमा नभएको दाबी गरे । 'जुनसुकै मुलुकबाट हामी ऋण लिइहाल्दैनौँ, अनुदान भने लिन्छौँ, चीनले अनुदान दिएमा त्यो स्वीकार गर्छौं, त्यसमा सम्झौता हुन सक्छ,' उनले भने ।

    मन्त्री गुरुङले बीआरआईप्रति मतान्तर हुनु अस्वाभाविक नभएको उनले बताए । 'बुझेर बीआरआई परियोजनामा सम्झौता गर्ने देशहरूले राम्रो पनि गरिराखेका छन्, ती मुलुकमा ती आयोजना ‘गेम चेन्जर’का रूपमा कार्यान्वयन भएका हामीले देखिरहेका छौँ,' गुरुङले भने ।

    मन्त्री गुरुङले सामाजिक सञ्जालमा अराजक र अमर्यादित प्रस्तुतिले प्रश्रय पाएकामा चिन्ता व्यक्त गर्दै आधारहीन समाचारको पछि नलाग्न सञ्चारमाध्यमहरूलाई आग्रह गरे । असत्य खबरका कारण परिवार विग्रह हुन थालेको उनको भनाइ छ । मिडियाका समाचारले आत्महत्यासम्मका गम्भीर परिस्थिति सृजना हुने गरेकाले मिडियाले संवेदनशील भएर प्रेस स्वतन्त्रताको उपभोग गर्नुपर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend