काठमाडौं । चर्चित टिकटकर आयुषसिंह ठकुुरी र एलिजे जमाली टिकटकबाट गायब भएका छन् । उनीहरुको आधिकारिक टिकटक खाता अहिले देखिँदैन । उनीहरु आफैले एकाउन्ट डिएक्टिभ गरेका हुन् कि टिकटकले खातालाई प्रतिबन्ध लगाएको हो, यो भने खुलेको छैन ।
सोमबारदेखि टिकटक प्लाटफर्ममा उनीहरुको एकाउन्ट देखिएको छैन । नेपालका ठकुरीलाई टिकटकमा १३ लाखले पछ्याएका थिए भने पाकिस्तानकी युवती जमालीलाई २२ लाखले पछ्याएका थिए ।
एलिजे र आयुष पछिल्लो समय नेपालका चर्चित टिकटकर हुन् । दुबईमा बसोबास गर्दै आएका यी दुईले केही महिनाअघि इन्गेजमेन्ट समेत गरेका थिए । गतसाता आयुषले नयाँ घर किनेको खबर सार्वजनिक भएको थियो ।

