२०८३, आश्विन १९ गते

images

सरकार हरेक कुरामा उत्तरदायी  हुुनुपर्छः मन्त्री गुरुङ

सरकार हरेक कुरामा उत्तरदायी  हुुनुपर्छः मन्त्री गुरुङ

शनिवार, मंसिर २९ २०८१०२:३२
शनिवार, मंसिर २९ २०८१०२:३२
  • images

    काठमाडौं ।  संचार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार उत्तरदायी  हुुनुपर्ने बताएका छन्। 

    शनिबार नेपाल आर्थिक पत्रकार संघ नाफिजको १५औं वार्षिक साधारण सभामा बोल्दै संचारमन्त्री गुरुङले यस्तो बताएका हुन्। 

    ‘हामीले अहिले गरेको प्रयत्न भनेको सरकार रेस्पोन्सिभ हुनप¥यो। दुध किसानहरुको वर्षैदेखिको भुक्तानीको समस्या छ, त्यसमा सरकार रेस्पोन्सिभ हुनुपर्यो भनेर अघिल्लो पटक हामीले ६० करोड दशैं अघि सरकार रेसपोन्सिभ छ हैं भनेर छुट्टयायौं। त्यो पर्याप्त थिएन। उखु किसानहरुको जहिलेको समस्या छ। सरकार रेस्पोन्सिभ नै छैन,’ उनले भने।

    सञ्चारमन्त्री गुरुङले नीतिहरू अपडेट हुन नसक्नु समस्या भएको बताए। 

    ‘सरकारको पोलिसीहरू अपडेट हुन सकको छैन, त्यो समस्या हो। एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा असमझदारी छ। एउटाले अर्कोलाई कम्पिटीर जस्तो ठान्ने प्रवृति छ,’ उनले भने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend