२०८३, आश्विन १९ गते

images

पत्रकार महासंघमा निर्मला शर्मा निर्वाचित, यस्तो छ अन्तिम मत परिणाम

पत्रकार महासंघमा निर्मला शर्मा निर्वाचित, यस्तो छ अन्तिम मत परिणाम

सोमवार, पौष १ २०८१०९:१८
सोमवार, पौष १ २०८१०९:१८
  • images

    काठमाडौं । नेपाल पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व निर्वाति भएको छ । शुक्रवार भएको मतदानमा देशभरका ९ हजारभन्दा धेरै पत्रकारहरूले प्रत्यक्ष मतदान गरी निर्मला शर्मालाई अध्यक्ष चुनेका हुन् ।

    महासंघको केन्द्रीय निर्वाचन समितिले गए राति अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।

    उनका निकटतम प्रतिष्पर्धी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले दुई सय ७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे ।

    वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार दुई सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार आठ सय ८६ मत प्राप्त गरे ।

    उपाध्यक्ष महिलामा नितु पण्डितले चार हजार सात सय पाँच मत प्राप्त गरी विजयी हुँदा गङ्गा पौडेल बरालले दुई हजार छ सय ४४ मत प्राप्त गरिन् ।

    उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले चार हजार दुई सय ९२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकतम प्रतिष्पर्धी सुभाषप्रसाद साहले दुई हजार ८० मत प्राप्त गरे ।

    महासचिवमा रामप्रसाद दाहालले चार हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिष्पर्धी लेखनाथ न्यौपानेले एक हजार नौ सय २९ मत प्राप्त गरे । यस्तै कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend