२०८३, आश्विन १९ गते

images

साढे ५० अर्ब रुपैयाँ सहुलियपूर्ण ऋण लिने सरकारको निर्णय

साढे ५० अर्ब रुपैयाँ सहुलियपूर्ण ऋण लिने सरकारको निर्णय

सोमवार, पौष १ २०८१०६:०४
सोमवार, पौष १ २०८१०६:०४
  • images

    काठमाडौं । सरकारको मन्त्रिपरिषद्को बैठकले विभिन्न निकायले दिने ऋण र अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री एव् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले ऋण सहायता स्वीकार गर्ने जानकारी दिएका हुन्।

    उनका अनुसार एसियाली विकास बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि दिने एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय भएको हो।

    यस्तै, काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना (दोस्रो)का लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान लिने भएको छ। 

    योसँगै जापान फण्ड फर प्रसपोरस एण्ड रेजिलेण्ट एसिया एण्ड द प्यासिफिकबाट प्राप्त हुने तीन मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। 

    सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट नेपाल सरकारलाई प्राप्त हुने ८५ मिलियन अमेरिकी डलर (करिब ११ अर्ब ५५ करोड) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने बैठकले निर्णय गरेको छ। 

    सरकारले विभिन्न शीर्षकका लागि एसियाली विकास बैंक तथा संस्थाहरूले दिने ३७३ मिलियन डलर (५० अर्ब ३५ करोड) ऋण तथा अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend