काठमाडौँ । ललितपुरको बुंगमतीमा रहेको द वन्डरल्यान्ड गेम जोनले विन्टर कार्निभल आयोजना गर्ने भएको छ । स्थापनाको एक वर्ष मनाएको उक्त गेम जोनले यही डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म कार्निभल आयोजना गर्न लागेको हो ।
क्रिशमस तथा अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै कम्पनीले सो कार्यक्रम आयोजना गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनको आयोजना गदैै गेम जोनले जनाएको हो ।
जसअनुसार उक्त गेम जोनमा परिवार र साथीहरूसँग जान सकिनेछ । अतिरिक्त खेलहरू, मस्कट परेड, सान्ता क्लॉजको उपस्थिती, बिङ्गो सत्र, लक्की ड्रा, खेल प्रतियोगिता, खाने चुनौती, लाइभ ब्यान्ड, संगीत प्रस्तुतिहरू, डिस्को नाईट जस्ता रोमाञ्चक गतिविधिहरू हुनेछन ।
स्थापनाको छोटो समयमा नै वन्डरल्याण्ड पार्कले हरेक उमेर समूहका लागि रमाईलोसँग सँगै आकर्षण समेत प्रदान गर्न सफल भएको आयोजकले जनाएको छ । आयोजकका अनुसार वन्डरल्याण्ड पार्कमा राइड्सदेखि डब्दो भर्चुअल रियालिटी अनुभवसम्मका गतिविधिहरु समावेश गरिएको छ ।

