२०८३, आश्विन २० गते

images
  • मनोरन्जन
  • रुपक डोटेलको नयाँ गीत सार्वजनिक, अनिशले...

रुपक डोटेलको नयाँ गीत सार्वजनिक, अनिशले लिए साथ

रुपक डोटेलको नयाँ गीत सार्वजनिक, अनिशले लिए साथ

सीएनएन खबर
मंगलवार, पौष १६ २०८११०:४०
सीएनएन खबर
मंगलवार, पौष १६ २०८११०:४०
  • images

    काठमाडौं । लोकप्रिय गायक रूपक डोटेल आफ्नो नयाँ गीत ‘तिमी छौ र पो..’ दर्शक तथा स्रोतामाझ ल्याएका छन् । गायनमा अर्का गायक अनिश पाण्डेल डोटेललाई साथ दिएका छन् ।

    गायक पाण्डेकै शब्द तथा संगीत ‘तिमी छौ र पो..’ मा सुन्न सकिन्छ । सञ्जीव बराइलीले गीतमा संगीत संयोजन गरेका छन् । गीत स्ट्यानवेल स्टुडियो, लण्डनमा इञ्जिनियर मदन रेन म्याडीले रेकर्ड गरेका हुन् ।

    एक प्रेमीले प्रेमिकाको कारण आफ्नो मनमा उठेको भावना गीतमा पोखेका छन् । भिडियोमा निशु पौडेल तथा गायकद्वय पाण्डे र डोटेललाई फिचर गरिएको छ । लण्डन निवासी मोडल निशु फार्मेसिष्ट हुन् ।

    बेलायतका आकर्षक लोकेसनमा खिचिएको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोका छायांकन तथा निर्देशन सुमन श्रेष्ठले गरेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend