२०८३, आश्विन २० गते

images

नयाँ वर्षमा ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गर्दै कन्दरा ब्राण्ड

नयाँ वर्षमा ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गर्दै कन्दरा ब्राण्ड

सीएनएन खबर
मंगलवार, पौष १६ २०८११०:५५
सीएनएन खबर
मंगलवार, पौष १६ २०८११०:५५
  • images

    काठमाडौं । पोखरामा ३२ वर्षअघि स्थापित कन्दराले त्यो अवसरमा मेलोडी र मिठासको केवल एउटा यूग पोखेको थिएन । काठमाडौंमा पहिलो पटक आफ्नो सांगीतिक प्रस्तुतिमार्फत अभूतपूर्व क्षण सिर्जना गरेको थियो । ठमेलस्थित एलओडी क्लबमा ‘कन्दरा’ ब्याण्डले सांगीतिक इतिहास रच्न सफल भएको थियो ।

    यसैबीच, कन्दरा ब्याण्डले नयाँ वर्ष २०२५ लाई अझ विशेष बनाउँदै नयाँ गीत ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ । गीतका शब्द तथा संगीत ब्याण्डका ड्रमर सुनिल थापाले तयार पारेका छन् । देशमा सकारात्मक परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले आफ्ना सोच, व्यवहार, र आचरणमा सुधार गर्नुपर्ने विचारलाई यो गीतले जोड दिने जनाइएको छ ।

    कन्दराको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक, र किबोर्डमा उमेश थापा छन् । विशेष गरी, ड्रम्समा रहेका सुनिल थापा ब्याण्डका स्थापना कालदेखिका सदस्य हुन् ।

    प्रमुख भोकलिस्ट विवेक श्रेष्ठ, जो १४ वर्षसम्म विदेशमा रहेका थिए । पुनः सक्रिय हुँदै ब्याण्डलाई नयाँ ऊर्जासहित अघि बढाइरहेका छन् । रिलिजको सम्मुखमा रहेको नयाँ गीत हुनेछः द सङ्ग अफ होपले विश्वभर फैलिएर रहेका नेपालीहरूमा सकारात्मक ऊर्जासँगै मेलोडी र मिठासको सांगीतिक पहिचानलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend