२०८३, आश्विन १९ गते

images

५ एसएसपीको काज सरुवा, अन्तर्राष्ट्रिय विमानस्थलमा राठौर

५ एसएसपीको काज सरुवा, अन्तर्राष्ट्रिय विमानस्थलमा राठौर

बुधवार, पौष १७ २०८११०:४६
बुधवार, पौष १७ २०८११०:४६
  • images

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को काज सरुवा भएको छ । काज सरुवा गरेर राष्ट्रिय सुरक्षा परिषद्बाट सोमेन्द्रसिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखमा पठाइएको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी श्याकृष्ण अधिकारीलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । ललितपुर परिसरमा कार्यरत एसएसपी शेखर खनाललाई काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ ।

    रानीपोखरीमा कार्यरत विनोद घिमिरेलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा सरुवा गरिएको छ । अपराध अनुसन्धान विभागका भूपेन्द्र खत्रीलाई भरतपुर तालिम शिक्षालयमा सरुवा गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend