२०८३, आश्विन २० गते

images

२०२५ मा आउँदैछन् हलिउडम ११ ठूला फिल्म

२०२५ मा आउँदैछन् हलिउडम ११ ठूला फिल्म

सीएनएन खबर
बिहिवार, पौष १८ २०८१०४:५७
सीएनएन खबर
बिहिवार, पौष १८ २०८१०४:५७
  • images

    काठमाडौं । नयाँ वर्ष २०२५ मा हलिउडले नयाँ कथामा फिल्म ल्याउने अपेक्षा गरिएको छ । हालसम्म सार्वजनिक भएकाे तथ्या‌क अनुसार सन् २०२५ मा हलिउडमा ११ वटा ठूला फिल्म आउन लागेका छन् ।


    २०२५ मा हलिउडमा ठूला फिल्म: ‘माइकल’ पपसंगीतका राजा मानिने माइकल ज्याक्सनको बायोपिक नयाँ वर्षमा थिएटरमा आउनेभएको हो । 

    Michele jaction.jpg

    ‘वुल्फ म्यान’ जनवरी १७ मा हलमा रिलिज हुनेछ । यो सन् १९४१ बाट युनिभर्सलको क्लासिक मोन्स्टर फिल्मको नयाँ संस्करण हो । यसपटक ‘गल्र्स’ र ‘पुअर थिंग्स’ स्टार क्रिस्टोफर एबट हर्सुट शीर्ष भूमिकामा छन् । 

    ‘ब्याक इन एक्सन’ जसमा अस्कर विजेता फक्स स्वास्थ्य समस्यापछि निको भएर फिल्ममा फर्किएका हुन । ‘ब्याक इन एक्सन’ १७ जनवरीमा स्ट्रिमिङ सुरु हुनेछ ।

    मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू) का अन्र्तरगत तीन फिल्म ‘क्याप्टेन अमेरिका : ब्रेभ न्यु वल्र्ड’, ‘थन्डरबोल्ट्स’ र ‘द फ्यान्टास्टिक फोर: फस्र्ट स्टेप्स’। यो फिल्मले सुपरपावरको कथालाई सिनेमाको जीवनमा ल्याउने स्टुडियोको कोशिस देखिन्छ ।सुपरम्यान, डीसी युनिभर्सका माध्यामबाट निर्देशक जेम्स गन कमिक बुकमा आधारित कथा यसै महिना सार्वजनिक भएको टिजरले फिल्मको संक्षिप्त कथावस्तु र मुख्य पात्र क्लार्क केन्टको कुकुरलाई दर्शाएको देखिन्छ । यो फिल्म जुलाईमा रिलिज हुनेछ ।

    Mickey-17.jpg

    ‘मिकी १७’ अप्रिल १८ मा रिलिज हुनेछ । दक्षिण कोरियाली अस्कर विजेता निर्देशक बोङ जुन होलेको ६ वर्ष पछि रोबर्ट प्याटिनसलाई मुख्य पात्रका रुपमा अभिनित गराउँदै फिल्ममा अन्तरिक्षमा खतरनाक मिसनको जिम्मा दिएको देखिन्छ ।

    ‘विक्ड : फर गुड’ २१ नोभेम्बर २०२५ मा हलमा लाग्नेछ । पहिलो भाग रिलिज भएको ठीक एक वर्षपछि यस वर्षको सबैभन्दा ठूलो म्युजिकल फिल्मले दर्शकलाई आकर्षित गर्ने पक्का छ । ‘हिट ब्रोड वे’ म्युजिकलको दोस्रो श्रृंखला हो, जसलाई जुन १९९५ मा ग्रेगरी म्यागुइरले लेखेको उपन्यासबाट रूपान्तरण गरिएको थियो । 

    ‘प्याडिङ्टन इन पेरु’ यो फिल्म १४ फेब्रुअरीमा रिलिज हुनेछ । एक बच्चाको कथा समेटिएको दुर्लभ र प्रभावशाली फिल्म हो । यो एक प्याडिङ्टन नामक भालुको कथा हो जुन दर्शकको रुचिकर हुनसक्छ । सन् २०१७ को ‘प्याडिङ्टन २’ जसले रटन टम्याटोजमा ९९ प्रतिशत रेटिङ पाएको थियो । ह्यु बोनभिल, बेन ह्विस र इमेल्डा स्टनटनले यसमा अभिनय गरेका छन् । 

    How-to-Train-Your-Dragon-2-characters.jpg

    ‘हाउ टु ट्रेन योर ड्रागन’ जुन १३ मा थिएटरमा रिलिज हुनेछ । यो नयाँ फिल्म क्रेसिडा कोवेलको पुस्तकमा आधारित फिल्मको लाइभ एक्सन रुपान्तरण हो । 

    ‘जुरासिक वल्र्ड : रिबर्थ’ जुलाई २ मा प्रदर्शन हुनेछ । ‘जुरासिक पार्क’ डाइनोभर्सको पछिल्लो श्रृंखलामा ‘विक्ड’बाट हालैको विश्वव्यापी सफलता पाएका कलाकार स्कारलेट जोहानसन र जोनाथन बेलीले अभिनय गरेका छन् । 

    Jurassic-World.jpg

    ‘कराते किड : लिजेन्ड्स’ यो फिल्म ३० मे मा रिलिज हुनेछ । क्लासिक कराते फिल्म ‘कोब्रा काई’को सफलतापछि अभिनेता राल्फ म्याचियोले ४० वर्षभन्दा धेरै समयपछि फर्किन लागेको यो ठूलो पर्दाको फिल्म हो । यसमा ज्याकी च्यान मिस्टर हानको गुरुजस्तो भूमिकामा फर्किएका छन्, जुन भूमिका उनले पहिलो पटक सन् २०१० को रिबुटमा जेडेन स्मिथसँगै निर्वाह गरेका थिए । शीर्ष भूमिका किडको भूमिकामा यसपटक बेन वाङले अभिनय गरेका छन् ।

    karate-kid-legends.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend