२०८३, आश्विन २० गते

images
  • मनोरन्जन
  • ‘ह्रस्व दीर्घ’ को सफलतापछि टंकको फिल्ममा...

‘ह्रस्व दीर्घ’ को सफलतापछि टंकको फिल्ममा नीताको मुख्य भूमिका

‘ह्रस्व दीर्घ’ को सफलतापछि टंकको फिल्ममा नीताको मुख्य भूमिका

सीएनएन खबर
आइतवार, पौष २१ २०८१११:४९
सीएनएन खबर
आइतवार, पौष २१ २०८१११:४९
  • images

    काठमाडौं । गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा अभिनय गर्ने कलाकारहरुको लाइनअप सार्वजनिक गरिएको छ । आफ्नो लोकप्रिय गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा निर्माण हुन लागेको यो फिल्मको मुख्य भूमिकामा बाल गायक अशोक दर्जी प्रस्तुत हुने निश्चित भैसकेको छ ।

    Tanka 2.jpg

    यो फिल्ममा दर्जीसंगै अभिनेत्री नीता ढुंगानाको पनि मुख्य भूमिका रहने छ । ‘ह्रस्व दीर्घ’ को सफलतापछि यो नीताको पहिलो फिल्म हुनेछ । उनी दुई वर्षभन्दा लामो समयपछि आफ्नो भन्दा बाहिरको ब्यानरको फिल्ममा अभिनय गर्न लागेकी हुन् ।
    यो फिल्ममा अशोक र नीतासंगै सरोज खनाल, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा लगायतका कलाकारले अभिनय गर्ने निश्चित भएको छ । फिल्मका अन्य केही प्रमुख कलाकारहरुको छनोट बाँकी नै रहेको निर्देशक तथा निर्माता बुढाथोकीले बताए ।

    tanka 3.jpg

    यो फिल्मको कथा पनि निर्देशक बुढाथोकीले नै लेखेका हुन् भने फिल्ममा शिवम अधिकारीको पटकथा तथा संवाद रहेको छ । छिट्टै फ्लोरमा जाने यो फिल्मलाई सौरभ लामाले छायांकन गर्ने भएका हुन ।

    सामाजिक विषयवस्तुमा निर्माण हुने यो सांगीतिक फिल्मलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरणको जिम्मा पाएको छ । यो फिल्ममा टंक बुढाथोकीकै संगीत रहने छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend