काठमाडौं । गायक, अभिनेता तथा निर्देशक समेत रहेका सुपतले नै शब्द रचना र संगीत तयार पारेको गीत ‘साँझ पर्यो झमक्क’अब्बल रहेको प्रतिक्रिया पाइरहेको छ । रिलिज भएको २४ घण्टा पनि नपुग्दै युट्युबको ट्रेन्डिङमा उक्लिएको थियो ।
अभिनेता प्रकाश सपुतले आफ्नो डेब्यू निर्देशकीय फिल्म ‘वसन्त’ को पहिलो गीत शनिवार एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरेका थिए । सार्वजनिक गीतले दर्शकमाझ चर्चा पाइरहेकाले युट्युब ट्रेन्डिङको शिर्ष स्थान तर्फ आफ्नो पाइला बढाइरहेको छ ।
सार्वजनिक गीतमा गायनमा सपुतलाई पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छिन । यो फिल्मको पहिलो गीत सार्वजनिक भएसँगै भिडियोमा देखिएका सवै कलाकारसहित विशेषगरी मुख्य भूमिकामा अभिनय गरेका गायक सपुत र अभिनेत्री स्वस्तिमा खड्काको जोडी सुहाएको भन्दै प्रशंसा गरिरहेका छन ।

