२०८३, आश्विन २० गते

images

कविता खत्रीले ल्याइन् ’नमस्ते ढोगदिया’

कविता खत्रीले ल्याइन् ’नमस्ते ढोगदिया’

सीएनएन खबर
सोमवार, माघ ७ २०८१०९:१०
सीएनएन खबर
सोमवार, माघ ७ २०८१०९:१०
  • images

    काठमाडौं । आफूभन्दा गन्यमान्यको आदर सत्कारमा प्रयोग हुने शब्द हो, ढोगदिया। पछिल्लो समय एक महिलाले टिकटकमा यही शब्द प्रयोग गरेर भिडियो अपलोड गरेपछि यो शब्द भाइरल हुन पुग्यो । त्यही भाइरल ’ढोगदिया’ शब्दलाई रमेश परियारले प्रेमिल शब्दजालमार्फत ’नमस्ते ढोगदिया’ गीत सिर्जना गरेका छन् ।


    परियारले नै संगीतबद्ध गरेको गीतमा विश्वास नेपालले संगीत संयोजन गरेका छन् । कविता खत्री र खेम सेन्चुरीले आवाज भरेको गीतमा लगानी गायिका खत्रीले नै गरेकी हुन् । गायिकाको आफ्नै युट्युव च्यानलमार्फत बुधबार रिलिज गरिएको गीतको भिडियोमा पुष्पबहादुर खड्का र उषा उप्रेतीको आकर्षक नृत्य हेर्न सकिन्छ । अजय रेग्मीले खिचेको भिडियो अशोक विकले निर्देशन गरेका हुन् । प्रवीन भट्टले भिडियोको सम्पादन गरेका हुन् भने मिलन विश्वकर्माले रड भरेका हुन् ।


    ओखलढुंगामा जन्मिएकी गायिका खत्रीका करिब १ दर्जन गीत बजारमा छन् । उनका ’देऊ न त्यो मन’, ’बिहेअघि दिन्नँ म’, ’बिउ खायो चल्लैले’, ’तीन पाने’लगायतका गीतहरू चर्चामा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend