२०८३, आश्विन २० गते

images
  • मनोरन्जन
  • दीपेन्द्र गौचनको ‘मिसिङः केटी हराएको सूचना’...

दीपेन्द्र गौचनको ‘मिसिङः केटी हराएको सूचना’ आजदेखि सिनेमा हलमा

दीपेन्द्र गौचनको ‘मिसिङः केटी हराएको सूचना’ आजदेखि सिनेमा हलमा

सीएनएन खबर
शुक्रवार, माघ ११ २०८१०८:२६
सीएनएन खबर
शुक्रवार, माघ ११ २०८१०८:२६
  • images

    काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज माघ ११ गते शुक्रवारदेखि देशभरका सिनेमा हलमा नयाँ नेपाली फिल्म ‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा आएको छ ।

    यो फिल्मको निर्देशन दीपेन्द्र गौचनले गरेका हुन् । उनी दुई दशकपछि यही फिल्ममार्फत निर्देशनको क्षेत्रमा फर्किएका हुन् । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको यो फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । चलचित्रमा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ ।

    यो फिल्ममा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिकामा छन् ।

    नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सहकार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

    फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ ।

    ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको यो चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend