२०८३, आश्विन १९ गते

images

३० वर्षसम्म गाउँ ब्लकको जग्गामा बसोबास, छिन्नमस्ताको १८२ परिवारले पाए ५ बिघा जग्गाको लालपुर्जा

३० वर्षसम्म गाउँ ब्लकको जग्गामा बसोबास, छिन्नमस्ताको १८२ परिवारले पाए ५ बिघा जग्गाको लालपुर्जा

सोमवार, माघ १४ २०८१०५:२९
सोमवार, माघ १४ २०८१०५:२९
  • images

    काठमाडौँ । छिन्नमस्ता गाउँपालिकाका १८२ घर परिवारले आफू बसेको जग्गाको लालपुर्जा पाएका छन् । साविकको कोचाबखारी वार्ड न १ देखि ९ सम्म रहेका लोकराम, कोचा बखारी, खुदीबखारी, र कुपही गाउँका १८२ परिवारले ३० वर्षदेखि बसोबास गरेको जग्गाको लालपुर्जा पाएका हुन् ।

    पालिकाका अध्यक्ष विद्यानन्द चौधरीले गाउँ ब्लकको जग्गामा पुर्जाविहीन बसेका सो परिवारहरू अब कानूनी रूपमा जमिनको स्वामित्वका हकदार बनेको बताए ।

    ‘लालपुर्जा हातमा पाउँदा यी परिवारका अनुहारमा देखिएको खुसी र आँखामा भरिएको भावुकता अविस्मरणीय छ । आफ्नो जीवनभर बसोबास गरेको जमिनको अधिकार पाउँदा उहाँहरूले व्यक्त गरेको कृतज्ञताले हामीलाई अझ प्रेरित र जिम्मेवार बनाएको छ’, उनले भने ।

    chhinamasta1.jpg

    हाल गाउँपालिकाका सबै साविक गाविसहरूको गाउँ ब्लक जग्गाहरूको नापी कार्य सम्पन्न भइसकेको र दर्ता प्रक्रिया जारी रहेको उनले बताए । उनले  सो कार्य पूरा भए लगत्तै बाँकी सुकुम्बासी, भूमिहीन, र ऐलानी जग्गामा बसोबास गर्ने नागरिकलाई लालपुर्जा वितरण गरिने बताए ।

    ‘हाम्रो लक्ष्य हरेक नागरिकलाई संविधानले सुनिश्चित गरेको गाँस, बास, कपासको अधिकारलाई पूर्ण रूपमा लागू गर्नु हो’, उनले भने, ‘आज लालपुर्जा पाएका १८२ परिवारका लागि करिब पाँच बिघा जग्गाको स्वामित्व सुरक्षित भएको छ । उमेरको उत्तरार्धमा आएर आफ्नो अधिकार पाउँदा उहाँहरूले देखाएको खुसीले हामीलाई यो अभियानलाई अझ गतिशील बनाउने ऊर्जा दिएको छ ।’

    उनले यो कार्य सुरुवाती मात्रै भएको भन्दै बाँकी रहेका सम्पूर्ण वडामा पुगेर सबै नागरिकलाई अधिकार दिलाउन निरन्तर लाग्ने बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend