२०८३, आश्विन २० गते

images
  • मनोरन्जन
  • अन्तत गायिका एलिना चौहानले दर्ता गरिन...

अन्तत गायिका एलिना चौहानले दर्ता गरिन काठमाडौँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा

अन्तत गायिका एलिना चौहानले दर्ता गरिन काठमाडौँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा

शुक्रवार, माघ १८ २०८१०४:५३
शुक्रवार, माघ १८ २०८१०४:५३
  • images

    काठमाडौँ । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् ।

    पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

    उनले अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेदको मात्रै फिराद पत्र दायर गरेको अदालतले जनाएको छ  

    विष्णु भने अहिले अस्ट्रेलियामा छन् । अदालतमा मुद्दा दायर गर्नुअघि एलिना केही दिनदेखि कानून व्यवसायीसँगको परामर्शमा थिइन् । 

    एलिना यतिबेलाकी चर्चित गायिका हुन् । उनीहरुले गत वैशाखमा मात्रै विवाह गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend