२०८३, आश्विन २० गते

images
  • मनोरन्जन
  • सहमतिमै सम्बन्धविच्छेद गर्ने निर्णय लिएका हौँ,गाली...

सहमतिमै सम्बन्धविच्छेद गर्ने निर्णय लिएका हौँ,गाली नगर्नुहाेला : एलिना चौहान

सहमतिमै सम्बन्धविच्छेद गर्ने निर्णय लिएका हौँ,गाली नगर्नुहाेला : एलिना चौहान

शनिवार, माघ १९ २०८१०६:०८
शनिवार, माघ १९ २०८१०६:०८
  • images

    काठमाडौं । गायिका एलिना चौहानले आफ्नो पर्सनल लाइफबारे पहिलोपटक मुख खोलेकी छन्। गायिका चौहानले पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेद (डिभोर्स) का लागि शुक्रबार काठमाडौं जिल्ला अदालतमा फिरादपत्र दर्ता गराएपछि शनिबार सामाजिक सञ्जालमार्फत उनले धारणा राखेकी हुन्।

    अदालतको कुरा बाहिर कसरी आउँछ थाहा छैन। तर, यसलाई ठूलो रूपमा लिएर प्रचार गर्नेभन्दा पनि इग्नोर गर्नुहोला,’ उनले भनेकी छन्, ‘आफूले माया गरेको मान्छेलाई गाली गर्दा आफूले गाली खाएको भन्दा धेरै पीडा हुने रहेछ,’ उनले भनेकी छन्। उनले श्रीमान विष्णु सापकोटालाई गाली नगर्न आग्रह समेत गरेकी छन्।

    बिहे गर्नू आफ्नो गल्ती भएको उनको भनाइ छ। उनले आफूले नै आफ्नो जीवन बिगारेको बताएकी छन्। उनले प्रेम सम्बन्धमा रहँदा पनि पटकपटक समस्या आएको उल्लेख गर्दै उनले विहेपछि सबै कुरा मिल्ला भन्ने आशामा बिहे गरेको बताएकी छन्।

    उनले सम्बन्धविच्छेद गर्नका लागि कसैले बिहे गरेको हुने र झन ठूलो समस्या आउने देखेपछि सल्लाहमै सम्बन्धविच्छेद गर्न लागेको जनाएकी छन्। आफ्नो निजी जीवनबारे धेरै चर्चा नगर्न उनको आग्रह छ।

    ‘जति गाली गर्न मन छ, मलाई गर्नुहोला। तर, उहाँलाई नगर्नु होला। सहमतिमै हामीले सम्बन्धविच्छेद गर्ने निर्णय लिएका हौँ,’ उनले भनेकी छन्, ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन। सात जुनीसम्मका लागि गरिन्छ अझ हिन्दू संस्कारमा त।’

    एलिनाले अस्ट्रेलिया बस्ने बागलुङका विष्णु सापकोटासँग गत वैशाख ५ मा धुमधामसँग बिहे गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend