२०८३, आश्विन १९ गते

images

सामाजिक सञ्‍जाल विधेयकबारे विरोध हुनु स्वभाविकः सञ्चारमन्त्री

सामाजिक सञ्‍जाल विधेयकबारे विरोध हुनु स्वभाविकः सञ्चारमन्त्री

मंगलवार, माघ २२ २०८१०४:५७
मंगलवार, माघ २२ २०८१०४:५७
  • images

    काठमाडौं ।  सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव विथोल्न खोज्ने प्रयास रोक्नका लागि सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन आवश्यक परेको बताएका छन्।

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत एक–अर्कालाई ठोस पुराउने क्रियाकलाप बढ्दै गएकाले सामाजिक सद्भाव विथोल्न खोज्ने प्रयास रोक्नका लागि सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याइएको बताएका हुन्। 

    विधेयकका बारेमा विरोध र छलफल हुनु लोकतन्त्रमा स्वभाविक रहेको उनको भनाइ छ। उनले राष्ट्रिय एकता खल्बलाउने काम देशद्रोह भन्ने आधारमा दण्ड र सजाय तोकिएको जिकिर गरे । देशका विरुद्ध मनपरी लेख्न पाउनुपर्ने कुरालाई प्रेस स्वतन्त्रता भन्न खोज्ने कुरामा राज्य सहमत नरहेको उनले बताए।

    मन्त्री गुरुङले सुसुचित हुने जनताको अधिकार नखोस्ने र जनताको वाक स्वतन्त्रको ग्यारेन्टी सरकारले गर्ने धारणा राखे । अराजकतालाई नियमन गरेर मात्रै लोकतन्त्र बलियो बनाउन सकिने उनको भनाइ छ । त्यस्तै सञ्चारमन्त्री गुरुङले सुशासन र आर्थिक समृद्धिका लागि सरकारले अध्यादेश ल्याएको र ४७ साल यताकै ठूलो सुधारको प्रयास भएको दावी गरे।

    सामाजिक सञ्चालनको दुरूपयोग  रोक्न र प्लाटफर्मलाई नियमन गर्न भन्दै सरकारले तयार गरेको विधेयक २०८१ संसदमा दर्ता भएको छ। उक्त विधेयक दर्ता भएसँगै विवाद सुरू भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend