२०८३, आश्विन १९ गते

images

सहकारीका सञ्चालक र ऋणीको सम्पत्ति बिक्री सुरु

सहकारीका सञ्चालक र ऋणीको सम्पत्ति बिक्री सुरु

बिहिवार, माघ २४ २०८११०:२०
बिहिवार, माघ २४ २०८११०:२०
  • images

    काठमाडौँ । सरकारले सहकारीका सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी बिक्री सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बिहीबार एक सूचना जारी गर्दै सहकारीका २ जना सञ्चालक तथा १ जना ऋणीको सम्पत्ति बिक्री सुरु गरेको हो । 

    जसअनुसार सरकारले २०७६ साउन १२ गते समस्याग्रह घोष्षणा भएको काठमाडौँको कमलाक्षीमा सञ्चालित लुनिभा बहुउद्देश्यीय सहकारीका सञ्चालक तथा ऋणीको सम्पत्ति बिक्री सुरु भएको हो । 

    संस्थाका ऋणी सदस्य एवं सञ्चालकबाट संस्थालाई बुझाउनु पर्ने साँवा, ब्याज, हर्जना, जरिवाना तिर्न बुझाउन पत्राचार एवं पत्रपत्रिकामा सूचना प्रकाशित गर्दा समेत नआएको भन्दै उनीरुको सम्पत्ति लिलामी थालिएको हो । यसअघि यस्तो सम्पत्ति रोक्का मात्रै गरिएको थियो । 

    अहिले संस्थाका अध्यक्ष मीनकृष्ण श्रेष्ठको नाममा रहेको सिन्धुपाल्चोक बाह्रबीसे ७ मा रहेको करिब साढे ६ रोपनी जग्गा लिलामी गर्न लागिएको छ । यसका लागि प्रतिरोपनी ३ लाख रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । संस्थाको सञ्चालक समितिका सनलम्बित सदस्य राजेशरत्न शाक्यको १० धुर जग्गा ७ लाख रुपैयाँ न्यूनतम मूल्य कायम गरी बिक्री गर्न लागिएको छ । 

    त्यस्तै, ऋणी सदस्य बलराम भुजेलको धादिङ गजुरीमा रहेको १ रोपनी जग्गा १० लाख ८० हजार रुपैयाँमा तथा सूर्यविनायक १० स्थित चित्तपोलमा रहेको ४ आना जग्गा प्रतिआना १७ लाख रुपैयाँका दरले न्यूनतम मूल्य कायम गरी बिक्रीका लागि तोकिएको छ । इच्छुक व्यक्तिले ३५ दिनभित्र गोप्य शिलबन्दी गोप्य शिलबन्दी निवेदन पेश गर्नु समितिले अनुरोध गरेको छ ।

    sahakari suchana.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend