काठमाडौँ । सरकारले थप १६ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार एक निर्णय गर्दै उक्त स्थानीय तहमा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसिएको हो ।
यसअघि भनसुन तथा पावरका आधारमा आफू अनुकुलका मानिसलाई निमित्तको जिम्मेवारी दिने गरेपछि मन्त्रालयले जेष्ठताको आधारमा निमित्तको जिम्मेवारी दिने गरी जिम्मेवारी खोसेको हो ।
यसअघि मन्त्रालयले १० नगरपालिका र १३ वटा गाउँपालिका गरी २३ वटा स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारीबाट हटाएको थियो ।
मन्त्री गुप्तालाई प्रश्नः २३ जना प्रशासकीय अधिकृतको मात्रै जिम्मेवारी किन खोसियो ?
२३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको खोसियो जिम्मेवारी

