२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ फागुन ११...

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ फागुन ११ गतेदेखि बिक्रीमा, १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ फागुन ११ गतेदेखि बिक्रीमा, १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि

सीएनएन खबर
बिहिवार, फाल्गुण १ २०८१०४:३१
सीएनएन खबर
बिहिवार, फाल्गुण १ २०८१०४:३१
  • images

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयरमध्ये दोस्रो चरणमा १८ लाख ४५ हजार कित्ता सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गर्नेछ।

    यसअघि कम्पनीले २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीहरूका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि बिक्री गरिसकेको छ।

    नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।आवेदन अवधि फागुन ११ देखि फागुन १५ गतेसम्म तोकिएको छ।यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन २५ गतेसम्म लम्बिन सक्छ।

    आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

    साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्लेटफर्ममार्फत (सि.आस्बा) प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिनेछ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend