काठमाडौं । पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर घाइते अर्थमन्त्री विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ ।
उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । अर्थमन्त्रीको सचिवालयका अनुसार पौडेलको हात र अनुहारमा चोट लागेको छ । उनलाई थप जाँचका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिनेछ ।
यसअघि पौडेलको गण्डकी अस्पतालमा उपचार गरिएको थियो । भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुक पड्किँदा पोखरा महानगरपालिका मेयर धनराज आचार्य पनि घाइते भएका छन् । उनलाई पनि काठमाडौं ल्याउने तयारी गरिएको छ ।

