२०८३, आश्विन १९ गते

images

ज्ञानेन्द्रको ठाउँमा ओली, देउवा, प्रचण्ड आउनुमात्रै क्रान्ति होईनः मन्त्री गुरुङ

ज्ञानेन्द्रको ठाउँमा ओली, देउवा, प्रचण्ड आउनुमात्रै क्रान्ति होईनः मन्त्री गुरुङ

सोमवार, फाल्गुण ५ २०८१०५:१३
सोमवार, फाल्गुण ५ २०८१०५:१३
  • images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजाहरु वीरेन्द्र र ज्ञानेन्द्रको ठाउँमा केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुग्नुलाई मात्रै क्रान्ति मान्न नसकिने बताएका छन् ।

    सोमबार हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिकमात्रै नभएर समाजका हरेक चिजहरुमा परिवर्तनको आवश्यकता रहेको बताएका हुन् ।

    ‘जे–जे भइरहेको छ, त्यो मात्रै होईन । हरेक चिजमा परिवर्तन आउनु पर्यो । त्यो भनेको बल्ल क्रान्तिको, क्रान्ति भनेको खाली वीरेन्द्रको ठाउँमा, ज्ञानेन्द्रको ठाउँमा केपी ओली, शेरबहादुर देउवा या प्रचण्ड आउँदा मात्रै क्रान्ति हुँदैन नि । क्रान्ति भनेको इतिहासमा देखिनुपर्यो, हाम्रो समाजमा देखिनुपर्यो । हाम्रो कृषिमा देखिनुपर्यो, उत्पादन प्रणाली, सबै चिजमा देखिनुपर्यो, राजनीतिक क्रान्तिको रापमले हर चिजहरुलाई छाएको छैन । त्यो चिजहरु छुने बनाउनु पर्छ,’उनले भने ।

    मन्त्री गुरुङले हुलाक टिकटमा धार्मिक, सांस्कृतिक तथा भौगोलिक महत्व बोकेका विभिन्न चिज बस्तुहरुलाई समेट्न बाँकी नै रहेको बताउँदै त्यस्ता चिजवस्तुहरुलाई आगामी दिनमा प्राथमिकताको साथ समेटिने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend