२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ निष्काशन तथा...

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ निष्काशन तथा बिक्री खुला

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ निष्काशन तथा बिक्री खुला

आइतवार, फाल्गुण ११ २०८१०१:१७
आइतवार, फाल्गुण ११ २०८१०१:१७
  • images

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (फागुन ११ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, कम्पनीका कर्मचारीहरु र सामूहिक लगानी कोषहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

    सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो भने कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले फागुन १५ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन २५ गतेसम्म लम्बिनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend