२०८३, आश्विन १९ गते

images

नेप्से सीईओका लागि आवेदन खुल्ला, यस्तो छ आवश्यक योग्यता ?

नेप्से सीईओका लागि आवेदन खुल्ला, यस्तो छ आवश्यक योग्यता ?

सोमवार, फाल्गुण १२ २०८१०१:२७
सोमवार, फाल्गुण १२ २०८१०१:२७
  • images

    काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ ।

    प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले इच्छुक नेपाली नागरिकले फागुन १८ गतेभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौँमा आवेदन दिन तथा आवेदनसाथ गोप्य खामवन्दीमा व्यावसायिक कार्ययोजना समेत पेस गर्नु सूचना प्रकाशित गरिएको हो।

    धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ क बमोजिम यस पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव हुनुपर्नेछ । यसका साथै कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।

    आवेदन तथा सिफारिस प्रक्रिया सम्बन्धी विस्तृत विवरण अर्थ मन्त्रालयको वेबसाइट www.mof.gov.np मा प्रकाशित “नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१” मा उपलब्ध रहेको छ ।

    यो सूचना बमोजिम प्राप्त भएका आवेदनलाई सिफारिस समितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ । कुनै आवेदकले झुट्टा विवरण वा कागजात पेस गरेमा त्यस्तो आवेदन रद्द हुनुका साथै प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।

    nep.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend