२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले लिए...

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले लिए सपथ, आजैबाट कार्यभार सम्हाल्ने

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले लिए सपथ, आजैबाट कार्यभार सम्हाल्ने

मंगलवार, फाल्गुण १३ २०८१०४:०७
मंगलवार, फाल्गुण १३ २०८१०४:०७
  • images

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समझ सपथ लिएका हुन् । 

    उनलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिएका छन् । 
    ओझालाई सोमबारको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend