२०८३, आश्विन २० गते

images

महाशिवरात्रिमा ‘लाज शरणम्’ प्रदर्शन

महाशिवरात्रिमा ‘लाज शरणम्’ प्रदर्शन

सीएनएन खबर
मंगलवार, फाल्गुण १३ २०८१०४:३२
सीएनएन खबर
मंगलवार, फाल्गुण १३ २०८१०४:३२
  • images

    काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि एकसाथ ‘लाज शरणम्’, प्रदर्शन हुन लागेको हो । नेपालमा नयाँ फिल्म शुक्रबार रिलिज गर्ने परम्परा रहे पनि चाडपर्व तथा विशेष अवसरमा भने अन्य दिन पनि रिलिज हुँदै आएका छन् । 

    त्यसैले सामान्यतया शुक्रबार रिलिज हुने परम्परालाई शिवरात्रिका कारण तोडिएको हो । ‘लाज शरणम्’ सानोपर्दाको चर्चित कलाकार कुमार कट्टेल (जिग्री)ले निर्देशन गरेको फिल्म हो । कुमारले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् ।
    ‘लाज शरणम्’ले काठमाडौँ भित्र मात्र २८ शो पाएको छ । 


    कस्तो छ फिल्म ‘लाज शरणम्’ ?


    ‘लाज शरणम्’ राजनीतिक विषयवस्तुमा निर्माण भएको छ । फिल्मले कर्णाली भेगमा राजनीति गर्ने एक नेताको कथालाई विषयवस्तु बनाएको छ ।

    हाँस्य टेलिशृङ्खला ‘सक्किगो नि’ टिमले निर्माण गरेको फिल्ममा सीताराम कट्टेल ‘धर्मुस’ नेताको भूमिकामा छन् । फिल्ममा कट्टेलले गरेको नेताको गेटअप केही अगाडि विवादमा परेको थियो । उनी सो भूमिकामा देखिएको पोष्टरलाई लिएर पूर्वमन्त्री आफताव आलमले आफूजस्तै देखिने गरी चरित्र चित्रण गरेको भन्दै पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए । आलमको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो ।

    फिल्मले सेन्सर बोर्डबाट अहिले प्रदर्शन अनुमति पाएको छ । फिल्ममा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

    त्यस्तै, ‘लाज शरणम्’ पनि ४ करोडको बजेटमा तयार भएको फिल्म हो । नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माता रहेको फिल्मले पनि लगानी उठाउन ९ करोडभन्दा बढीको व्यवसाय गर्नुपर्ने देखिन्छ । फिल्मको चर्चा राम्रो भएकाले व्यावसायिक रेकर्ड बनाउने अपेक्षा निर्माण युनिटको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend