२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ भर्ने आज...

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

सीएनएन खबर
बिहिवार, फाल्गुण १५ २०८११०:४४
सीएनएन खबर
बिहिवार, फाल्गुण १५ २०८११०:४४
  • images

    नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज फागुन १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेदेखि आम सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको हो।

    कम्पनीले सर्वसाधारणलाई १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

    कम्पनीले यस अघि नै  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

    नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई पुस २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मै शेयर निष्काशन गर्ने छ।

    कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.१ मा रजिष्टर्ड कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले लघु बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend