काठमाडौँ । नेपाली फिल्म उद्योगका प्रतिष्ठित निर्देशक सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा बनेको म्यूजिक भिडियो ‘के गर्यौ तिमीले’ हालै सार्वजनिक भएको छ ।
३५ वर्षभन्दा लामो अनुभव संगालेका आचार्यले यस म्यूजिक भिडियोलाई अत्यन्त कलात्मक र गहिरो भावनात्मकता प्रदान गरेका छन्। उक्त म्युजिक भिडियोमा प्रमुख अभिनेता देव सरकारको उत्कृष्ट अभिनय रहको छ । देव सरकारले उक्त म्युजिक भिडियोमा गीतको भावनात्मक गहिराइलाई सजीव र प्रभावकारी ढंगले प्रस्तुत गरेकोे देख्न सकिन्छ ।
गायक योगेशकाजी शाहको स्वरमा रहको यो गीतमा सञ्जयविक्रमको शब्द, महेश ज्ञवालीको संगीत, योगेशकाजी शाहको एरेन्ज तथा पाश्र्वसंगीत छ । आफ्नो मन स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट मनोज परियार हुन् ।
भिडियोमा देव सरकारका अलावा प्रमुख अभिनेत्री करुणा श्रेष्ठको जोरदार अभिनयले भिडियोलाई उत्कृष्ट बनाएको छ। भिडियोमा कर्ण कार्की भने विशेष भूमिकामा छन् । भिडियोमा एउटा प्रेमिल जोडीबीच प्रेम र शंकाको दोसाँधमा उनिएको कथालाई प्रस्तुत गरिएको छ ।
म्युजिक भिडियोमा जया शर्मा क्रिएटिभ डाईरेक्टर, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, दिपेन गौतमको निर्माण व्यवस्थापन, माहि सिंहको हेयर एण्ड मेकअप रहेको छ ।
सि भी म्युजिकको प्रस्तुतीमा निर्माण भएको उक्त म्युजिक भिडियो ओएसआर डिजिटलको युट्युवबाट सार्वजनिक गरिएको हो ।

