२०८३, आश्विन २० गते

images

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

सोमवार, फाल्गुण १९ २०८११०:४८
सोमवार, फाल्गुण १९ २०८११०:४८
  • images

    काठमाडौँ । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । शुक्रबार अर्थात् मार्च ७ मा ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुती दिने भएका हुन् ।

    उनी विश्वकै उत्कृष्ट डिजे र्‍याङ्किको चौथो नम्बरमा परेका कलाकार हुन् । विश्वभरमा सय जना उत्कृष्ट डिजे रहने गरेका छन् ।

    सोही दिनको क्लबले २ हजार र ३ हजार रुपैयाँ टिकट राखिएको क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए । उनका अनुसार दर्शकले खल्ती एपबाट टिकट खरिद गर्न सक्ने छन् । डान्स फ्लोरको २ हजार र भीआइपीको ३ हजार रुपैयाँ राखिएको छ। क्लबले अर्ली अग्रिम टिकट बिक्री भइसकेको छ । 

    क्लबले सोही दिन विभिन्न प्याकेजमा टेबल बिक्री गर्ने भएको छ । टेबल प्याकेज ३० हजारदेखि डेढ लाख रुपैयाँसम्मको मूल्य तय गरेको छ ।
    यसअघि पनि एलओडीमा बलिउडका नेहा कक्कर, अर्मान मल्लिक र इण्डियन आइडल पवनदीप लगायतका कलाकारले प्रस्तुति दिइसका छन् । त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् । 

    एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ४९,५२ र ५० औँ स्थानमा परिसकेको क्लब हो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५० औँ स्थानमा राखेको हो । सन् २०२५ को लागि क्लब नोमिनेसनमा परिसकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend