२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • अब इन्भेष्टमेन्ट कम्पनी धितोपत्र बोर्डमा सूचीकृत...

अब इन्भेष्टमेन्ट कम्पनी धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्ने

अब इन्भेष्टमेन्ट कम्पनी धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्ने

शुक्रवार, फाल्गुण २३ २०८११०:५८
शुक्रवार, फाल्गुण २३ २०८११०:५८
  • images

    काठमाडौँ । अब इन्भेटमेन्ट कम्पनी धितोपत्र बोर्डमा अनिवार्य रुपमा सूचीकृत हुनुपर्ने भएको छ । बोर्डले शुक्रबार एक सूचना जारी गर्दै इन्भेष्टमेन्ट कम्पनीहरूलाई अनिवार्य बोर्डमा सूचीकृत हुन निर्देशन दिएको हो ।

    नेपाल राजपत्रमा मिति २०८१/०९/१८ (संख्या ४५) भाग ५ मा प्रकाशित नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना १ बमोजिम नेपाल सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ न. को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी समन्वय समितिको सिफारिसमा पाँच करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी वा दश करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीको हकमा बोर्डलाई नियमनकारी निकाय तोक्ने निर्णय भएकाले उक्त इन्भेष्टमेन्ट कम्पनीलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०५१ को नियम २० को व्यवस्था बमोजिम बोर्डमा विवरण तथा कागजात सहित सूचिकृत हुन सूचित गरेको हो ।

    निवेदन पत्रसहित संचालक समितिको विवरण (नाम, ठेगाना,सम्पर्क नम्बर तथा शेयरधनीको लगत), कम्पनीको अद्यावधिक प्रबन्धपत्र तथा नियमावली, कम्पनी अद्यावधिक दर्ता प्रमाण पत्र, स्थायी लेखा नम्बर दर्ताको प्रमाण पत्रलगायत विवरण पेस गर्न पनि बोर्डले निर्देशन दिएको छ । 

    यसैगरी सँगै कार्यकारी प्रमुखको विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर) कम्पनीको संचालक समितिबाट बोर्डमा सूचिकृत हुने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि, कम्पनीको संचालक समितिबाट बोर्डमा सूचिकृत हुने सम्बन्धमा दिएको अख्तियारी, कम्पनीको बार्षिक कारोबार समेत खुल्ने लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन, कम्पनीको चुक्ता पुँजी खुल्ने कागजात तथा विवरण पनि पेस गर्नुपर्नेछ ।

    suchanaa.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend