२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • ‘वसन्त’ : समानताको सपना बोकेको विद्रोही...

‘वसन्त’ : समानताको सपना बोकेको विद्रोही कथानक फिल्म

‘वसन्त’ : समानताको सपना बोकेको विद्रोही कथानक फिल्म

सीएनएन खबर
आइतवार, चैत्र १० २०८११२:१२
सीएनएन खबर
आइतवार, चैत्र १० २०८११२:१२
  • images

    काठमाडौं । निर्देशक तथा संगीतकर्मी प्रकाश सपुतको निर्देशनमा बनेको फिल्म ‘वसन्त’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरले जातीय विभेद, प्रेम, संघर्ष, सामाजिक अन्तरविरोध, सपना र क्रान्तिको कथालाई उजागर गरेको छ ।

    फिल्मको कथा वर्ण व्यवस्थाले थिचिएको एउटा पात्र वरिपरि घुमइएको छ । समाजमा जातीय समानता ल्याउन भन्दै चलेको सशस्त्र विद्रोहपछिको वर्तमान यथार्थलाई ट्रेलरले दर्शाएको छ । गणतन्त्र स्थापना भइसकेपछि पनि विभेद अन्त्य नहुँदा, संघर्षको उद्देश्यप्रति निर्देशकले प्रश्न उठाएका छन् ।

    बागलुङको धम्जा गाउँमा छायांकन गरिएको फिल्मको ट्रेलरले दर्शकलाई पुराना सम्झनामा लैजान्छ । ट्रेलरमा दलित समुदायको एक युवक लेखक बन्न संघर्ष गरिरहेको देखाइएको छ । प्रेम, सामाजिक अवरोध, अन्तरजातीय विवाह अस्वीकार भएपछि विद्रोहमा होमिएको कथा ‘वसन्त’ लाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।

    प्रकाश सपुतकै लेखन, निर्देशन र संगीत रहेको ‘वसन्त’ मा स्वस्तिमा खड्का, अनुप बराल, माओत्से गुरुङ, प्रभात पाल, खड्गबहादुर पुनलगायतका कलाकारहरूको अभिनय रहेको छ । मोहन विश्वकर्मा र बिन्दु बोहराको लगानी रहेको फिल्म गलबन्दी प्रोडक्सन को ब्यानरमा निर्माण गरिएको हो ।

    ट्रेलर प्रकाश सपुतको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । फिल्म चैत २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend