काठमाडौँ । सरकारले आफूअनुकूलको व्यक्ति गभर्नर बनाउन मापदण्ड नै परिवर्तन गरेको पाइएको छ । सरकारले नेपाल राष्ट्र बैंकको आगामी गभर्नरमा खास व्यक्तिलाई नियुक्ति दिन योग्यता सम्बन्धी मापदण्ड नै संशोधन गरेको हो ।
गभर्नर नियुक्तिको मुखैमा सरकारले योग्यता सम्बन्धी मापदण्ड नै फेरबदल गरेको छ। स्वार्थ समूहले गभर्नर नियुक्तिमा प्रभाव पार्न खोजेको चर्चाबीच अर्थ मन्त्रालयले गभर्नरका लागि यसअघि तोकिएको उमेर हदलाई खारेज गरेको हो।
अहिले आएर विद्यमान कानूनी व्यवस्था नै बदलिनुले खास व्यक्तिलाई गभर्नर बनाउन खोजिएको आशंकालाई बल पुगेको छ। नेपाल राष्ट्र बैंक ऐनमा ६५ वर्षको उमेर तोकिएको थिएन ।
तर,अर्थमन्त्रालय सम्बन्ध सार्वजनिक निकाय तथा सदस्यको नियुक्ति तथा मनोनयसम्बन्धि मापदण्डमा ६५ वर्षको उमेर तोकिएको थियो । यसलाई फागुन २७ गते संसोधन गरिएको छ ।
सो अनुसार सरकारले आफूले खोजेको व्यक्तिलाई गभर्नर बन्न बाटो खुल्ला भएको छ ।
गभर्नरको लागि अहिलेका डेपुटी गभर्नर सहित राष्ट्र बैंकका सञ्चालक तथा पूर्वसचिव तथा कार्यकारी निर्देशकको नाम चर्चामा छ । चर्चामा रहेका नाममा रविन्द्र पाण्डे र राजेन्द्रकिशोर क्षेत्रीको उमेर ६५ कटेको छ ।

