२०८३, आश्विन १९ गते

images

मर्स्याङ्दी गाउँपालिकाका २ नाकाका मुख्य बजारमा सीसीटिभी जडान

मर्स्याङ्दी गाउँपालिकाका २ नाकाका मुख्य बजारमा सीसीटिभी जडान

बुधवार, चैत्र २० २०८११२:५९
बुधवार, चैत्र २० २०८११२:५९
  • images

    काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकाका दुई नाका नजिकैका मुख्य बजारहरुमा सीसीटिभी जडान गरिएको छ । बजार व्यवस्थापन तथा सुरक्षालाई केन्द्रित गरी सीसीटिभी जडान गरिएको हो । 

    सिसिटिभीको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ खुदीमा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बजार व्यवस्थापन र सुरक्षाको महत्व व्यक्त गर्दै आगामी दिनहरुमा सुरक्षाको लागि थप अपनाउन सक्ने आयोजनाको बारेमा प्रष्ट पारिएको थियो । यस्तै क्यामरा जडान हुनुमा समाजलाई हुने फाईदाहरुको बारेमा अध्यक्ष गुरुङले विचार प्रकट गरेका थिए ।

    हालको लागि बेसीशहर नगरपालिका जाने मुख्यद्वार, खुदी बजार नजिकैको स्थलहरुलाई र उत्तरी भेग मनाङ जिल्ला जाने मुख्य नाकामा रहेको जगत वजारलाई केन्द्रित गर्दै खुदीमा १० वटा र जगतमा ४ वटा क्यामरा जडान गरिएको छ भने निगरानीको लागी दुवै ठाउँमा रहेको सुरक्षा निकायलाई अधिकार दिइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend