२०८३, श्रावण २५ गते

images

कृषि विकास बैंकले माग्यो ११८ जना कर्मचारी, कसरी दिने आवेदन ?

कृषि विकास बैंकले माग्यो ११८ जना कर्मचारी, कसरी दिने आवेदन ?

images
शुक्रवार, चैत्र २२ २०८१०८:०३
शुक्रवार, चैत्र २२ २०८१०८:०३
  • काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले विभिन्न पदमा ११८ जना कर्मचारीको माग गरेको छ ।

    बैंकले शुक्रबार एक सूचना जारी गर्दै शाखा अधिकृतदेखि लेखापालसम्म खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि ११८ जना कर्मचारी माग गरेको हो। 

    बैंकले १ जना शाखा प्रमुख, ४८ जना व्यवसाय अधिकृत, ३ जना सूचना प्रणाली अधिकृत, १ जना कानून अधिकृत, १ जना कम्प्युटर अधिकृत, ५ जना कर्जा अधिकृत र लेखापाल ५९ जना माग गरेको छ । 

    योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि वैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend