२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • ‘कर्मा’को ट्रेलर सार्वजनिक : सिस्टमविरुद्धको...

‘कर्मा’को ट्रेलर सार्वजनिक : सिस्टमविरुद्धको लडाइँमा विपिन कार्की ‘एन्टीहिरो’को अवतारमा

‘कर्मा’को ट्रेलर सार्वजनिक : सिस्टमविरुद्धको लडाइँमा विपिन कार्की ‘एन्टीहिरो’को अवतारमा

सीएनएन खबर
शुक्रवार, चैत्र २२ २०८१११:०८
सीएनएन खबर
शुक्रवार, चैत्र २२ २०८१११:०८
  • images

    काठमाडौं । बहुप्रतिक्षित नेपाली एक्सन फिल्म ‘कर्मा’ को ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको छ। ३ मिनेट लामो यस ट्रेलरले फिल्मको कथा, पात्रहरू र भिजुअल स्टाइललाई दर्शकसामु प्रस्ट रुपमा प्रस्तुत गरेको छ।

    अभिनेता विपिन कार्की, जो ७ वर्षअघि फिल्म नाका मा एक्सन भूमिकामा देखिएका थिए, फेरि एकपटक एक्सन अवतारमा फर्किएका छन्। यसपटक उनी ‘एन्टीहिरो’को रूपमा देखिएका छन्, जो व्यवस्थाविरुद्ध आक्रोशित छन् र आफूलाई सिस्टमले अपराधी बनाएको गुनासो गर्छन्।

    bipin_karki.jpgफिल्ममा विपिनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेव पन्त लगायत कलाकारको अभिनय रहेको छ। ट्रेलरमा मुकुन भुसाललाई मुख्य खलनायकको भूमिकामा देखाइएको छ भने उपासना, विपिनको प्रेम पात्रको भूमिकामा प्रस्तुत भएकी छन्। दिब्यदेव एक कड्को प्रहरी अफिसरको रूपमा देखिएका छन् भने सरिता गिरी विपिनकी आमाको भूमिकामा छिन्।

    फिल्मको कथा अपराध, तस्करी, प्रहरी अपरेशन र बदला वरिपरि घुम्छ। निर्देशक सौरभ चौधरी को यसअघि निर्देशित फिल्म अगस्त्य पनि यस्तै सामाजिक मुद्दालाई उठान गर्ने शैलीमा रहेको थियो। उनले यसपटक कर्मामा पनि उही मुड, रङ र कथा बुनाइलाई निरन्तरता दिएका छन्।

    फिल्मको ट्रेलरमा समावेश सुशान्त केसीको गीत पागल ले भावनात्मक गहिराइ थपेको छ। फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा वसन्त लम्सालको लगानीमा निर्माण भएको हो।

    ‘कर्मा’ यही चैत २९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend