२०८३, आश्विन १९ गते

images

‘वसन्त’ ले ५ दिनमा १ करोड १६ लाख कमायो, दर्शकबाट सकारात्मक प्रतिक्रिया

‘वसन्त’ ले ५ दिनमा १ करोड १६ लाख कमायो, दर्शकबाट सकारात्मक प्रतिक्रिया

सीएनएन खबर
बुधवार, चैत्र २७ २०८१०४:३६
सीएनएन खबर
बुधवार, चैत्र २७ २०८१०४:३६
  • images

    काठमाडौं । गायक तथा निर्देशक प्रकाश सपुतको डेब्यु फिल्म ‘वसन्त’ ले प्रदर्शनको पहिलो पाँच दिनमा घरेलु बक्सअफिसबाट १ करोड १६ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।

    सामाजिक कथावस्तुमा आधारित यो चलचित्रले अपेक्षा अनुसार ओपनिङ नभए पनि, स्थिर र सकारात्मक प्रतिक्रिया बटुल्दै प्रदर्शनमा अगाडि बढिरहेको छ। प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको फिल्मले जातीय समानता र सामाजिक न्यायको विषय उठान गरेको छ। दर्शकहरूबाट प्राप्त समीक्षाहरूले फिल्मको कथा, अभिनय र निर्देशनको तारिफ गरिरहेका छन्।

    काठमाडौं उपत्यकाबाहिरका सिंगल स्क्रिन हलहरूमा पनि ‘वसन्त’ ले सुखद अकुपेन्सी कायम राखेको देखिएको छ। विशेष गरी ग्रामीण क्षेत्रमा फिल्मले दर्शकको मन जित्न सफल भएको प्रारम्भिक रिपोर्टहरूले जनाएका छन्।

    ‘गलबन्दी’ गीतबाट चर्चा कमाएका प्रकाश सपुतले ‘वसन्त’ मा आफ्नै निजी जीवनका अनुभवलाई कथा र पटकथामा रूपान्तरण गरेका छन्। गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मलाई नेपाली सामाजिक परिवेशमा आधारित सिनेमाको उदाहरणको रूपमा हेरिएको छ।

    हालसम्म फिल्मले माउथ पब्लिसिटी बाट दर्शक तानिरहेको छ, जसले आगामी दिनमा अझ राम्रो कमाइ गर्न सक्ने संकेत दिएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend