२०८३, आश्विन १९ गते

images

सन नेपाल लाइफले हकप्रद निष्काशन गर्दै, वैशाख ५ गते बुक क्लोज

सन नेपाल लाइफले हकप्रद निष्काशन गर्दै, वैशाख ५ गते बुक क्लोज

सीएनएन खबर
शुक्रवार, चैत्र २९ २०८११०:१३
सीएनएन खबर
शुक्रवार, चैत्र २९ २०८११०:१३
  • images

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले २०८२ वैशाख ५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । अर्थात् वैशाख ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद भर्न सक्ने छन् ।


    नेपाल धितोपत्र बोर्डबाट कम्पनीले चैत्र ३ गते हकप्रद निष्काशनको अनुमति पाएको थियो। अब कम्पनीले चुक्ता पुँजीको २७ प्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्ने छ। कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।


    नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको हकमा ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने बाध्यकारी व्यवस्था गरेको थियो । प्राधिकरणको उक्त व्यवस्थासँगै कम्पनीले हकप्रदबाट पुँजी पुर्याउन लागेको हो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend