२०८३, आश्विन १९ गते

images

दर्ता नभए फेसबुकमा प्रतिबन्ध लाग्छः सञ्चारमन्त्री गुरुङ

दर्ता नभए फेसबुकमा प्रतिबन्ध लाग्छः सञ्चारमन्त्री गुरुङ

शुक्रवार, बैशाख ५ २०८२०६:१९
शुक्रवार, बैशाख ५ २०८२०६:१९
  • images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नसक्ने बताएका छन्।

    शुक्रबार काठमाडौँमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालमा सञ्चालन भएका फेसबुकलगायत सामाजिक सञ्जालका सञ्चालकहरुले दर्ता गर्ने समयसीमा सकिँनलाग्दासमेत दर्ता नगरेको बताए।

    नेपालको संविधान, ऐन तथा कानूनअनुसार तोकिएको समयमा दर्ता नभए त्यस्ता सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाउन सकिने उनको भनाइ छ। उनले देशको स्वाभिमान बिथोल्ने गरी सामाजिक सञ्जालमा विभिन्न प्रचारप्रसार हुने गरेको भन्दै त्यसको नियमन हुनुपर्ने बताए।

    फेक आइडी बनाएर समाजमा विकृति निम्त्याउने तथा हिंसाको प्रवर्द्धन हुने गरी सामाजिक सञ्जालमा प्रचार हुने गरेको उनको भनाइ थियो। सामाजिक सञ्जालहरु नेपालमा दर्ता नभएकै कारण सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक रोकिएको उनको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend