२०८३, आश्विन १९ गते

images

बजारमा अधिक तरलता, थप ३५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता, थप ३५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

बुधवार, बैशाख १० २०८२११:३३
बुधवार, बैशाख १० २०८२११:३३
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार थप ३५ अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको छ। बजारमा अधिक तरलता भएसँगै व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि राष्ट्र बैंकले ३५ अर्ब खिच्न लागेको हो।

    निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा पैसा राख्न चाहने बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो ३ बजे अनलाइन बोलकबोल गर्नुपर्ने जारी भएको सूचनामा उल्लेख छ।

    राष्ट्र बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने जनाएको छ। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ। यसको साँवा तथा ब्याज भुक्तानी वैशाख ३१ गते हुनेछ।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले बताएकाे छ।  

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend