२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • ‘भूठान’ को ग्राण्ड प्रीमियर: नेतादेखि कलाकारसम्म,...

‘भूठान’ को ग्राण्ड प्रीमियर: नेतादेखि कलाकारसम्म, कसले के भने ?

‘भूठान’ को ग्राण्ड प्रीमियर: नेतादेखि कलाकारसम्म, कसले के भने ?

बुधवार, बैशाख १० २०८२०३:३६
बुधवार, बैशाख १० २०८२०३:३६
  • images

    काठमाडौं । हरिवंश आचार्य मुख्य भूमिकामा रहेको फिल्म ‘भूठान’ को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । मंगलबार काठमाडौंको सुनधारास्थित सिभिल महलमा रहेको क्यूएफएक्समा प्रिमियर गरिएको हो । प्रिमियरमा राजनीतिक दलका नेता, समाजसेवी, कलाकार, पत्रकार, सम्पादक तथा विभिन्न क्षेत्रका अग्रज व्यक्तिको उपस्थिति रहेको थियो ।

    विनोद पौडेलले निर्देशन गरेको ‘भूठान’को सम्पूर्ण छायांकन अमेरिकामा भएको थियो । अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो फिल्ममा हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।

    हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन् । भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देश प्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ । फिल्म यही वैशाख १२ गते रिलिज हुँदैछ ।

    बुलबुल फिल्मबाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् ।

    कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।

    फिल्म लाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।

    फिल्म हेरिसकेपछि ‘भूठान’ ले नेपाली फिल्मलाई एक स्टेपमाथि उकास्ने काम गरेको बताएका छन् ।

    प्रदीप ज्ञवाली

    आफ्नो माटो गुमाउनु, पहिचान गुमाउनु, देश गुमाउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा विष्णुबहादुर पात्रले निर्देशकले यति सुन्दर ढङ्गले पस्किनुभएको छ कि हरेक विषयमा हरेक पलमा दर्शकले आफूलाई त्यही पात्रसँग साक्षात्कार गर्छ कुनै दिन मैले त्यसैगरी आफ्नो पहिचान गुमाउनु पर्‍यो भने के होला भन्ने असाध्यै गम्भीर प्रश्नले उसको हृदय कतिसम्म हल्लाउँछ कथाको विषयवस्तु अनुसारले हरिवंशजी लगायत कलाकारहरूले उत्कृष्ट अभिनयको प्रस्तुतिले र सुन्दर निर्देशकीय पाटोले ‘भुठान’ एक उत्कृष्ट फिल्म बनेको छ। सबैलाई हेर्नको निम्ति म आग्रह गर्दछु

    मलाई  यो फिल्म एकदमै रमाइलो लाग्यो। अनि यो फिल्मको कथावस्तु यस्तो मर्मस्पर्शीसँगै प्राविधिक पक्ष पनि एकदमै राम्रो छ। र यो फिल्मको कलाकारहरूको काम एकदमै राम्रो छ। मलाई यो फिल्मसँगै निर्देशकको काम पनि एकदमै मनपर्यो।

    एकैचोटि यो फिल्मले धेरैको कथा बोल्छ भन्ने मलाई लाग्छ। देश छोडेर आफ्नो देशभन्दा बाहिर देश गुमाउनु परेकाहरूको पीडा भुटानी नागरिकहरूले जसरी बेहोरेका छन् त्यस्तै दुनियाँमा अरु कयौँले बेहोरेका छन् त्यो कथा बोल्छ र अहिले भर्खरै पनि भुटानबाट नेपाल आएर नेपालबाट शरणार्थी जीवन बिताएर अमेरिका गएर बसेका मान्छेलाई अमेरिकाले डिपोट गर्दै गर्दाको भर्खरकै कथा हामीले केही दिन अगाडि पढेका पनि छौँ। भोलि भुटान आइपुग्यो उनीहरू। सबै परिचय खोसियो। फेरि भारतको बाटो हुँदै नेपाल आइपुगे नेपालमा पनि फेरि गिरफ्तारीमा पुगे त्यो उनीहरुले भोगिरहेको पीडा छ त्यो उनीहरूको पीडा फिल्म मार्फतबाट जीवन्त प्रस्तुत गर्ने प्रयास गरिएको छ। यो कथाले साँच्चै हृदय छोएको छ यसले भुटानीको सन्दर्भमा र देश गुमाएका धेरैको सन्दर्भमा कथा बोलेको छ यसको लेखकलाई म बधाई दिन चाहन्छु। र यसको निर्देशकलाई राम्रो निर्देशनको लागि बधाई दिन चाहन्छु। क्यामरा चलाउनेदेखि लिएर तपाईँको डायलग लेख्ने लिएर अभिनय गर्नेदेखि सबैको प्रस्तुति साँच्चै नै अत्यन्तै राम्रो छ। शब्द पनि गीत पनि गीतमा संगीत गर्ने पनि सबैलाई म धेरै बधाई दिन चाहन्छु।  म आग्रह गर्न चाहन्छु कि, यो भुटानीले त हेर्ने नै छन् भुटानी मात्र होइन यो प्रकारको पीडा भोगिरहेका संसारभरिका सबैप्रति मानवीय हृदय राख्दै सबैले यो फिल्मलाई प्रोत्साहित हेर्न जरुरी छ। र सबै राष्ट्रले संकल्प गर्न जरुरी छ कि म मेरो देश फर्केर मात्र मर्न पाउँ भन्ने खालको पीडा कसैले भोग्न नपरोस्।

    गायिका आनी छोइङ डोल्मा

    एकदमै राम्रो फिल्म बनेछ फिल्ममा यति धेरै कुरा छन् कि हाम्रा नेपालीहरूको जनमानसले यो फिल्मको स्वाद लिन सक्ला कि नसक्ला भन्ने मेरो चिन्ता छ यसको स्वाद लिन जान्यो भने यो फिल्मले धेरै कुराहरू प्रस्तुत गरेको छ अब हेर्ने मान्छेहरूको आफ्नो आफ्नो दृष्टिकोणमा भर पर्छ। कुन कुरा सिक्ने भन्नेमा म एक धर्मकर्ममा समावेश भएको हिसाबले चाहिँ कुनै पनि धर्मले विभाजन चाहिँ ल्याउनु हुँदैन मानवीय संवेदनालाई समग्र प्राथमिकता राख्नुपर्छ सिक पाइने अरु त अब फिल्मको कथा व्यथा यस्तै हो। मैले धेरै धेरै रमाइलो गरे साँच्चिकै प्राविधिक कथा प्रस्तुति देखि लिएर हरेक प्राविधिक दृष्टिकोणबाट मैले धेरै रमाइलो गरेँ। सबैभन्दा माथि त हरिवंश दाइले सायद पहिलोचोटि फरक चरित्रमा सर्प्राइज दिनुभएको छ हामीले एउटा साँच्चिकै रियल एक्टरको दर्शन यसपालि यो फिल्मबाट पाइयो। यस फिल्मको मर्म बुझ्ने कोसिस गर्नुपर्छ।

    अभिनेत्री मनिषा कोइराला

    फिल्म असाध्यै मनपर्यो र अब कन्टेन वाइज हेर्‍यो भने असाध्यै राम्रो फिल्म बनेको छ । प्राविधिक रूपमा पनि एकदमै राम्रो छ। फिल्म भनेको कथा भन्नु हो। र उहाँले कस्तो मिठो ढंगले कथा भन्नुभएको छ एउटा मान्छेको पीडा देखाउनु भएको छ। मेरो विचारमा टेक्निकल्ली सिनेमाटोग्राफी स्टोरी लाइन डायलग डायलग पनि पोएट्री जस्तो छ। पेनफुल पोएट्री छ तर पोएट्री छ यो एकदमै राम्रो छ।

    नेपाली क्रिकेट टोलीमा कप्तान रोहितकुमार पौडेल

    फिल्म एकदमै राम्रो लाग्यो अरूभन्दा केही फरक केही फरक थियो यो चलचित्र र यो गहिरो रूपमा बुझ्दाखेरि अन्तिम अवस्थामा के हुन्छ भन्ने स्पष्ट भइसकेको थियो र एकदमै राम्रो मुभी र हरिवंशको एकदमै राम्रो अभिनय र मुभी हेर्दा एकदमै राम्रो लाग्यो।

    क्रिकेटर सोमपाल कामी

    फिल्म हेर्दा एकदमै रमाइलो लाग्यो । र हामी हरिसरको लागि नै आएको दुईजना र क्यारेक्टर एकदमै राम्रो थियो। एन्डिङ पनि एकदमै राम्रो थियो। सबै रुपमा हेर्दाखेरि भावुकता झल्काउने कथा थियो तर मलाई एकदमै मनपर्यो र मलाई विश्वास छ यो मुभीले एकदमै राम्रो काम गर्छ। अझै यस्तै यस्तै फिल्महरू आउनुपर्छ अनि नेपाली सिनेमाले अझै धेरै माया पाउँछ

    निर्देशक, अभिनेता निश्चल बस्नेत

    यो फिल्म मलाई त एकदमै मनपर्यो। कति फिल्म चाहिँ रमाइलो हुन्छन् राम्रो हुन्छन् कति फिल्म चाहिँ हेर्दा आनन्द आउँछ अनि लास्ट टाइम मलाई साम्बकालाई हेर्दाखेरि चाहिँ यस्तो भएको थियो साम्बकालाई हेरिसकेपछि पछाडि आज भुटान हेरिरहँदा एउटा अनुभव आएको थियो कि एउटा क्रिएटरले चाहिँ कसरी आफूलाई लागेको कुरा एकदमै हतार नगरिन सबैजनाले जोडेर मजाले चाहिँ प्ले गर्नुभएको छ मलाई उत्सुकता लागेको पार्ट पनि त्यही थियो र पर्फमेन्स बाइस पनि सबै एकदमै राम्रो रोल गर्नुभएको छ। फिल्म भरिमा सुशांक दाईको चाहिँ मलाई एकदमै मन परेको थियो। ओभरल फिल्म एकदमै मेरो विचारमा चाहिँ कसैलाई राम्रो फिल्म पछिल्लो समयमा चाहिँ हेर्न लागिरहेको छ भने प्यासन छ भने यो फिल्मलाई हेर्नलाई चाहिँ एकदमै धेरै प्यासन चाहिन्छ र फिल्मले भन्न खोजिरहेको कुरा बुझ्नलाई चाहिँ एकदमै गहिरेर हेर्नुपर्छ। फिल्मका केही यहाँ बुझिन्छ भने केही सिनहरू घर जाँदै गर्दा बुझिन्छ केही सिनहरू घर पुगेपछि बुझिन्छ कतिपय सिनहरू दिमागमा आउँछ होला। त्यो हिसाबले पनि मेरो विचारमा स्पेसल फिल्म नेपालमा हाम्रो विनोद सरले यस्तो राम्रो फिल्म बनाउनु भएको छ म एकदमै खुसी छु। यो किसिमको प्रयास भइरहेको छ सो यो राम्रो छ फिल्म

    अभिनेत्री स्वस्तिमा खड्का

    फिल्मको कुरा गर्दा फिल्म एकदमै सुन्दर छ। मैले त विनोद दाईको फिल्म भएर अझै धेरै उत्साहित थिए। मैले विनोद दाईसँग पहिला काम गरिसकेको थिएँ। काम गर्ने शैली एज होल उहाँले जसरी प्याकेजमा फिल्म ल्याउनुहुन्छ इमोस्नल लाइन अन्तिमसम्म क्यारी गर्दै मलाई चाहिँ सबैभन्दा मनपर्ने विनोद दाईको निर्देशकको उहाँले चाहिँ स्मुथली कहिले गर्नुहुन्न उहाँले अडियन्सलाई सबै कुरा छोडिदिनुहुन्छ आफ्नो अडियन्सहरुलाई हुन्छ नि जसरी तिमीलाई बुझ्न मन लाग्छ बुझ।

    मैले विनोद दाईलाई पनि भनेको थिएँ। फिल्म भन्दा पनि दाइको क्लाइमेक्सहरुलाई चाहिँ एकदमै उत्साहित छु भनेर भनेको थिए। र यो फिल्ममा पनि जुन चाहिँ क्लाईमिक्स छ मैले चाहिँ आफूले महसुस गर्न मिल्छ दर्शकको हिसाबले मैले पुरै फिल्म हेरिराख्दा चाहिँ अन्तिममा क्लाइमेक्स समग्र फिल्मलाई नै समग्र गरेर मैले कसरी बुझ्छु त भन्ने भन्ने कुरा हुन्छ त्यस कुरालाई चाहिँ म एकदमै उत्साहित थिए। र मलाई एकदमै सुरुदेखि अन्तिमसम्म जसरी रोकेर राख्यो मलाई र विनोद दाइले जसरी मलाई भनम न एउटा बुलबुलबाट दाइ भन्नुहुन्छ जहिले पनि एकदमै पुनर्जन्म हो। जस्तो भनेर त्यो हिसाबले दाइले मलाई परिचय गराउनु भएको थियो फिल्ममा र म हरि दाईको काम हेर्नको लागि पनि एकदमै उत्साहित थिए। र विनोद दाइले कसरी काम गर्नुभएको छ भनेर र सबैजनाको काम एकदमै राम्रो छ प्रिमियरमा आएर हेर्न मन थिएन म एक्लै गएर हेर्छु भन्ने सोचिरहेको थिए। र अन्तिम समयमा निश्चलले पनि विनोद दाइ हरि दाइले पनि बोलाउनुभएको छ । जाम न त भनेर सिधा भन्दा मलाई चाहिँ फिल्मको एक्लै बसेर मज्जा लिने मन थियो। समग्रमा यो फिल्म चाहिँ एकदमै राम्रो सुन्दर बनेको छ।

    वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ

    यो फिल्म हेर्न पाउँदा मलाई धेरै धेरै खुसी लाग्यो। हरिवंश आचार्यको फरक अवतार हेर्दा मलाई एकदमै मज्जा लाग्यो। अहिलेसम्म हेरेको फिल्ममा बेग्लै खालको फिल्म बनेको छ। कुनै फर्मुला पनि छैन केही कुरा पनि छैन बेग्लै खालको आफ्नो जन्मघरलाई जन्म दिने देशलाई महत्त्व दिन बताएको छ। देशभरिको अघि एकजना बहिनीले मलाई सोधेको थियो। घर हराएको कथा भन्ने थियो घर बनेको के हो घर भनेको आफ्नो एउटा देश हो। देश भनेको नै घर घरहरूको देश हो। जस्तै हाम्रो नेपाल बुद्धको घर हो सगरमाथाको घर हो भने जस्तै सबै घरहरूको घर हो। घर चाहिँ आफ्नो देश हुन्छ त्यसलाई माया तरिकाले प्रस्तुत गरिएको छ अब यसलाई दर्शकहरूले त असाध्यै स्वाद लिएर हेर्नुहुन्छ पक्कै पनि अझै भुटानी नागरिकहरुले त आफ्नो कथा सम्झिँदै रुँदै हेर्छन् होला भन्ने लाग्छ मलाई त्यहाँको सरकारले कसरी लिन्छ हेर्नुभएको छ सिरियस लिनुहुन्छ कि हुँदैन मानवताको मन पग्लिन्छ कि पग्लिँदैन त्यो हेर्न बाँकी छ हरिवंशको अभिनयता गज्जब छ। हामीबाट हरिवंश र मदनकृष्णबाट दर्शकले हाँसो खोज्दथे तर यसमा हाँसो केही पनि छैन। हँसाइराखेको मान्छेले सुरुदेखि नै गम्भीरता प्रस्तुत गरेको राम्रो छ र सबैजनालाई धेरै धेरै बधाई छ। र निर्देशकले गज्जब बनाउनुभएको छ । विनोदजीलाई धेरै धेरै बधाई छ। यस्तो फिल्म पनि बनाउन मिल्ने रहेछ भन्ने एउटा पाठ सिकाउनुभएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend