२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • सुशान्त केसीको हिन्दी गीत भारत, अस्ट्रेलिया,...

सुशान्त केसीको हिन्दी गीत भारत, अस्ट्रेलिया, बेलायतसहितका देशको ट्रेन्डिङमा

सुशान्त केसीको हिन्दी गीत भारत, अस्ट्रेलिया, बेलायतसहितका देशको ट्रेन्डिङमा

सीएनएन खबर
मंगलवार, बैशाख १६ २०८२०४:१०
सीएनएन खबर
मंगलवार, बैशाख १६ २०८२०४:१०
  • images

    काठमाडौं । रिलिज भएको २४ घण्टा नबित्दै सुशान्त केसीको गीत ‘बार्दली’को हिन्दी भर्सन ‘उफ्’ युट्युबको नेपाल, भारत, बेलायत, अस्ट्रेलियासहितका मुलुकको ट्रेन्डिङमा समावेश भएको छ ।

    मंगलबार अस्ट्रेलियामा युट्युबको संगीत खण्डतर्फ शीर्षस्थानमा छ । भारतमा २३ औं स्थानमा यो गीत स्ट्रिमिङ भैरहेको छ । नेपालमा दोस्रो स्थानमा रहेको यो गीत बेलायतमा २२ औं स्थानको ट्रेन्डिङमा छ ।

    माल्टामा पहिलो, युएईमा तेस्रो, कुवेतमा तेस्रो र कतारमा दोस्रो स्थानमा यो गीत ट्रेन्डिङ छ । सुशान्तको बहुचर्चित नेपाली गीत ‘बार्दली’लाई भारतको म्युजिक लेबल कम्पनी टि सिरिजले सोमबार बिहान युट्युबमा रिलिज गरेको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend